१२२ चिनियाँलाई लिन दुईवटा जहाज लिएर चिनियाँ टोली आउने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २२, २०७६
|
|
५८ पटक हेरिएको
Shares
१२२ चिनियाँलाई लिन दुईवटा जहाज लिएर चिनियाँ टोली आउने

सारांश

  • काठमाडौं, २२ पौष।
  • नेपालमा बसेर चीनमा अपराध गरेको आरोपम पक्राउ परेका एक सय २२ जना चिनियाँलाई चीनले बुधबार स्वदेश लैजाने भएको छ ।
  • दुईवटा चार्टर्ड विमानमार्फत उनीहरूलाई चीनमा लगेर थप अनुसन्धान गर्न लागेको हो ।

काठमाडौं, २२ पौष। नेपालमा बसेर चीनमा अपराध गरेको आरोपम पक्राउ परेका एक सय २२ जना चिनियाँलाई चीनले बुधबार स्वदेश लैजाने भएको छ । दुईवटा चार्टर्ड विमानमार्फत उनीहरूलाई चीनमा लगेर थप अनुसन्धान गर्न लागेको हो ।

पक्राउ परेकाहरूलाई अध्यागमन विभागले निष्कासनको प्रक्रिया अघि बढाइसकेको छ । अभद्र व्यवहार मुद्दामा आइतबार छुटेका उनीहरूलाई प्रहरीले अध्यागमन विभागमा बुझाएको थियो । पर्यटक भिसाको दुरुपयोग गरेर अपराध गरेकाले उनीहरूलाई जरिवाना गराई निष्कासन गरिने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।

पक्राउ परेकामध्ये ३१ जना चिनियाँसँग मात्र पासपोर्ट भेटिएको छ । उनीहरूको समेत पासपोर्ट रद्द गरी सबैको ट्राभल डकुमेन्ट काठमाडौंस्थित चिनियाँ दूतावासले जारी गरिसकेको छ । सोमबार ट्राभल डकुमेन्ट अध्यागमन विभागमा बुझाइसकेको छ । ५० हजार रुपैयाँसम्म जरिवाना अध्यागमनले उनीहरूलाई गर्न सक्छ ।

दुईवटा चार्टर्ड विमान ल्याउन नागरिक उड्डयन प्राधिकरणले अनुमति दिइसकेको छ । चाइना इस्टर्न र चाइना साउदर्न एयरलाइन्सको जहाज ल्याएर लैजान लागिएको हो । उनीहरूको निष्कासन प्रक्रियाबाट छलफल गर्न चिनियाँ दूतावासका अधिकारीहरू सोमबार अध्यागमन विभाग पुगेका थिए ।

गृहलाई चिनियाँ दूतावासको पत्र
पक्राउ परेका चिनियाँलाई चीन लैजान सहयोग गरिदिन काठमाडौंस्थित चिनियाँ दूतावासले गृह मन्त्रालयलाई यसअघि नै पत्राचार गरेको थियो । परराष्ट्र मन्त्रालय हुँदै गृहमा पत्र आइपुगेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । पत्रमा उनीहरूलाई लैजाने सहजीकरण गरिदिन आग्रह गरिएको छ ।

नेपाल र चीनबीच सुपुर्दगी छैन, जसकारण उनीहरूलाई औपचारिक रूपमा नेपालले चीनलाई बुझाउनेछैन । अपराध गरेर लुक्न नेपाल आएका अन्य देशका नागरिकलाई पनि नेपालले यसैगरी सम्बन्धित देशलाई बुझाउने गर्छ । नेपालमा अपाराध गरेर विदेशमा पक्राउ परेका नेपालीलाई पनि सोही प्रक्रियामार्फत नेपाल ल्याएर अभियोजन हुने गरेको छ ।

घर भाडामा लिएर इन्टरनेटमार्फत जुवा
गत ७ पुसमा पक्राउ परेका चिनियाँहरूले काठमाडौंमा घर भाडामा लिएर इन्टरनेटमार्फत ठगी, जुवाको अवैध कारोबार गर्दै आएका थिए । त्यसबापत हजारौँ चिनियाँ पीडित भएपछि चीनले नै नेपाली अधिकारीलाई सूचना दिएर यस्तो अपरेसनको आग्रह गरेको थियो । तर, योजनाअनुसार अपरेसन सफल हुन सकेन । थोरै मात्र पक्राउ परेको र सयौँ चिनियाँ भाग्न सफल भएका छन् । यसअघि मलेसिया, कम्बोडियालगायत देशबाट समेत चीनले यसैगरी आफ्ना देशका नागरिकलाई पक्राउ गरी स्वदेश लगेर कारबाही गरेको थियो ।(दृष्टि साप्ताहिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् राष्ट्रिय जनमोर्चाका राष्ट्रियसभामा देशैभरका मात्र ३ उम्मेदवार
यी हुन् राष्ट्रिय जनमोर्चाका राष्ट्रियसभामा देशैभरका मात्र ३ उम्मेदवार
कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन
कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन
म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग पराजित
म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग पराजित
द्रुतमार्गको अनुगमन गर्न प्रधानमन्त्री दाहाल मकवानपुरमा
द्रुतमार्गको अनुगमन गर्न प्रधानमन्त्री दाहाल मकवानपुरमा
विश्वकप फुटबल २०१८: को पुग्ला फाइनलमा ? यस्तो छ विगत
विश्वकप फुटबल २०१८: को पुग्ला फाइनलमा ? यस्तो छ विगत
संघीय संसद्को दुबै सदनको संयुक्त बैठक बस्दै, यि हुन बैठकका एजेन्डा
संघीय संसद्को दुबै सदनको संयुक्त बैठक बस्दै, यि हुन बैठकका एजेन्डा
सेनाले बारा र पर्सामा निर्माण गरेका घर हस्तान्तरण
सेनाले बारा र पर्सामा निर्माण गरेका घर हस्तान्तरण
नयाँ शक्तिको केन्द्रीय समिति भंग,महाधिवेशन कमिटी गठन
नयाँ शक्तिको केन्द्रीय समिति भंग,महाधिवेशन कमिटी गठन
भारतीय पर्यटन व्यवसायी भन्छन् : पोखरासँगको ‘कनेक्टिभिटी’ राम्रो हुनुपर्छ
भारतीय पर्यटन व्यवसायी भन्छन् : पोखरासँगको ‘कनेक्टिभिटी’ राम्रो हुनुपर्छ
डाक्टर श्रीमानले सुनीतालाई घर–गाडी माग्दै यातना दिन्थे !
डाक्टर श्रीमानले सुनीतालाई घर–गाडी माग्दै यातना दिन्थे !