अमेरिका–इरान विवादको चपेटामा नेपाली शान्ति सेना, सतर्क रहन निर्देशन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २४, २०७६
|
|
३१ पटक हेरिएको
Shares
अमेरिका–इरान विवादको चपेटामा नेपाली शान्ति सेना, सतर्क रहन निर्देशन

सारांश

  • अमेरिका र इरानबीचको विवादले इराकमा खटिएका नेपाली शान्ति सेनासमेत खतरामा परेका छन् ।
  • दुई देशबीचको विवादलाई मध्येनजर गर्दै नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खटिएका नेपाली शान्ति सैनिकलाई सतर्क रहन निर्देशन दिएको छ ।
  • अमेरिकाको कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण हुन थालेपछि नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन दिएको हो ।

अमेरिका र इरानबीचको विवादले इराकमा खटिएका नेपाली शान्ति सेनासमेत खतरामा परेका छन् ।

दुई देशबीचको विवादलाई मध्येनजर गर्दै नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खटिएका नेपाली शान्ति सैनिकलाई सतर्क रहन निर्देशन दिएको छ ।

अमेरिकाको कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण हुन थालेपछि नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन दिएको हो ।

सेनाले बुधबार विज्ञप्ति जारी गरी अहिलेसम्म नेपाली शान्ति सैनिक सकुशल रहेको पनि उल्लेख गरेको छ ।

शान्ति स्थापनाका लागि इराकमा तैनाथ नेपाली सेनाको गार्ड युनिटलगायत लेबनान र सिरियामा तैनाथ नेपाली सेनाका युनिटमा पनि विशेष सतर्कता अपाउन निर्देशन दिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको विज्ञप्तिमा लेखिएको छ–“अनमिन मिसन ईराकमा तैनाथ नेपाली सेनाको गार्ड युनिट लगायत अनफिल मिसन लेवनान र अनडोफ मिशन सिरियामा तैनाथ नेपाली सेनाका युनिटहरुलाई विशेष सुरक्षा सतर्कता अवलम्बन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा मिशन हेर्डक्वार्टर र श्री शान्ति सेना सन्चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशनसमेत दिइएको जानकारी गराइन्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले बागमती प्रदेश निर्वाचनमा पाँच जनाको उम्मेदवारी
एमाले बागमती प्रदेश निर्वाचनमा पाँच जनाको उम्मेदवारी
जहाज उडाउन छोडेर निगका दुई क्याप्टेन आन्दोलनमा, क्याप्टेनको दादागिरीका कारण उडान तालिका तहसनहस ।
जहाज उडाउन छोडेर निगका दुई क्याप्टेन आन्दोलनमा, क्याप्टेनको दादागिरीका कारण उडान तालिका तहसनहस ।
डेङ्गुको सङ्क्रमण बढ्दै, १० हजार नाघ्यो
डेङ्गुको सङ्क्रमण बढ्दै, १० हजार नाघ्यो
नेपाली काँग्रेसका केन्द्रीय सदस्यले दशैँ उपहारस्वरुप बालबालिकालाई शैक्षिक सामग्री !
नेपाली काँग्रेसका केन्द्रीय सदस्यले दशैँ उपहारस्वरुप बालबालिकालाई शैक्षिक सामग्री !
बिहिवार सर्वाधिक कोरोना संक्रमित थपिए
सभामुख महराको प्रेस संयोजकमा दाङबाट डिल्ली मल्ल सिफारिस
सभामुख महराको प्रेस संयोजकमा दाङबाट डिल्ली मल्ल सिफारिस
कैलालीको टिकापुरमा एमालेको  जित, उपमेयरमा कांग्रेस विजयी,
कैलालीको टिकापुरमा एमालेको जित, उपमेयरमा कांग्रेस विजयी,
माथेमा आयोग र डा.केसी हत्यारा हुन् : डा. रामकुमार अधिकारी
माथेमा आयोग र डा.केसी हत्यारा हुन् : डा. रामकुमार अधिकारी
टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही
टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही
यी राजाका एक सय पत्नी पाँच सय सन्तान
यी राजाका एक सय पत्नी पाँच सय सन्तान

तपाईंले छुटाउनुभयो कि?