मन्त्रीलाई प्रधानमन्त्रीको कडा निर्देशन : सम्झौता चाँडो कार्यान्वयन गर्नुस्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ९, २०७६
|
|
४२ पटक हेरिएको
Shares
मन्त्रीलाई प्रधानमन्त्रीको कडा निर्देशन : सम्झौता चाँडो कार्यान्वयन गर्नुस्

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य सम्पादन सम्झौतामा उल्लेख गरिएका जिम्मेवारी जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्रालयलाई निर्देशन दिएका छन्।
  • प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षको प्रारम्भिक दुई महिनामा मन्त्रालयहरुले गरेको कामको समिक्षात्मक बैठकमा बोल्दै आफूसँग गरिएको कार्य सम्पादन सम्झौता जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका हुन्।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य सम्पादन सम्झौतामा उल्लेख गरिएका जिम्मेवारी जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्रालयलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षको प्रारम्भिक दुई महिनामा मन्त्रालयहरुले गरेको कामको समिक्षात्मक बैठकमा बोल्दै आफूसँग गरिएको कार्य सम्पादन सम्झौता जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका हुन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बसेको सो समिक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले बजेट कार्यान्वयनको काममा तीव्रता दिन पनि आफूहरुलाई सचेत गराएको कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले जानकारी दिए। एक महिना अघि प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुसँग र मन्त्रीहरुले आ–आफनो मन्त्रालयका सचिवसँग एक वर्षे कार्य सम्पादन सम्झौता गरेका थिए। त्यसैमा केन्द्रित भएर सबै मन्त्रालयको चालू आर्थिक वर्षको दुई महिनाको कार्य प्रगति समिक्षा गरिएको हो।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको तर्फबाट सबै मन्त्रालयको कार्य प्रगति विवरण पेश गरिएको थियो भने त्यसमा सबै मन्त्रालयका मन्त्री र सचिवहरुले आ–आफ्ना मन्त्रालयको कामको प्रगति र काम गर्न देखिएको नीतिगत समस्याका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। यता, प्रधानमन्त्री ओलीले बजेट कार्यान्वयनमा तीव्रता दिन मन्त्रीहरुलाई सचेत गराएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमस्टेक शिखर सम्मेलन फलदायी भएको प्रधानमन्त्रीको निष्कर्ष
विमस्टेक शिखर सम्मेलन फलदायी भएको प्रधानमन्त्रीको निष्कर्ष
म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगको प्रि-क्‍वाटर फाइनलमा पराजित
म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगको प्रि-क्‍वाटर फाइनलमा पराजित
छाप्रोमा भूकम्पपीडितको दशैं…
छाप्रोमा भूकम्पपीडितको दशैं…
अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत भ्रमणमा जाने
अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत भ्रमणमा जाने
मणिपुरमा निःशर्त शान्ति स्थापना हुनुपर्नेमा जोड
मणिपुरमा निःशर्त शान्ति स्थापना हुनुपर्नेमा जोड
हरिवनमा एमालेको जित, गणेश प्रसाई बने मेयर
हरिवनमा एमालेको जित, गणेश प्रसाई बने मेयर
जी–२० अर्थमन्त्रीस्तरीय सम्मेलनमा अल्पविकसित मुलुकले भोगिरहेका समस्या उठान भए : अर्थमन्त्री महत
जी–२० अर्थमन्त्रीस्तरीय सम्मेलनमा अल्पविकसित मुलुकले भोगिरहेका समस्या उठान भए : अर्थमन्त्री महत
नरेन्द्र मोदीको भ्रमण: मञ्च व्यवस्थापनको  २ करोड कता व्यवस्थापन गरे यि मन्त्रीले ?
नरेन्द्र मोदीको भ्रमण: मञ्च व्यवस्थापनको २ करोड कता व्यवस्थापन गरे यि मन्त्रीले ?
हजुरबा-हजुरआमालाई रमाइलो बनाउन मनोरन्जन सेवा केन्द्र
हजुरबा-हजुरआमालाई रमाइलो बनाउन मनोरन्जन सेवा केन्द्र
शिवराज नगरपालिकाको पछिल्लो मतपरिणाम ,मेयर उपमेयरका एमाले  अगाडि,
शिवराज नगरपालिकाको पछिल्लो मतपरिणाम ,मेयर उपमेयरका एमाले अगाडि,