अबको अर्जुन दृष्टि महाधिवेशन : कमल थापा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २१, २०७६
|
|
२५ पटक हेरिएको
Shares
अबको अर्जुन दृष्टि महाधिवेशन : कमल थापा

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब पार्टीको सम्पुर्ण ध्यान महाधिवेशनमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्।
  •   पार्टीका प्रदेश अध्यक्ष र प्रदेश इन्चार्जहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले संगठन निर्माण र सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी महाधिवेशनतर्फ अर्जुन दृष्टिका साथ अघि बढ्न आग्रह गरे।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब पार्टीको सम्पुर्ण ध्यान महाधिवेशनमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्। 

पार्टीका प्रदेश अध्यक्ष र प्रदेश इन्चार्जहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले संगठन निर्माण र सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी महाधिवेशनतर्फ अर्जुन दृष्टिका साथ अघि बढ्न आग्रह गरे। बैठकमा केन्द्रिय समिति बैठकका निर्णय कार्यान्वयन, सकृय सदस्यता बितरण अभियान, महाधिवेशन चुनावी प्रक्रिया लगायतका बिषयमा छ्लफल भएको थियो। 
बैठकमा अध्यक्ष थापाले सरकारको असफलता, प्रमुख प्रतिपक्ष दलको कमजोर भूमिका, मुलुकमा बढ्दो भ्रस्टाचार, बेरोजगारी समस्या,धर्म परिबर्तनको डरलाग्दो डढेलो, मनपरितन्त्र र ब्रम्हलुटको यथार्थ चित्रण जनता समक्ष गराउनु पर्ने आबश्यकता रहेकोले सोही अनुरुपको प्रभाबकारी  कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्न प्रदेश अध्यक्षहरुलाई अनुरोध गरे। 
बैठकमा वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्षद्वय बुद्धिमान तामाङ र राजिब पराजुली लगायत महामन्त्री र प्रबक्ताहरुको समेत सहभागीता रहेको थियो। राप्रपाको आगामी महाधिवेशन सकृय सदस्यताको आधारमा हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?