रजनीकान्तको फिल्म वितरक भोक हड्ताल गर्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २३, २०७६
|
|
२२ पटक हेरिएको
Shares
रजनीकान्तको फिल्म वितरक भोक हड्ताल गर्दै

सारांश

  • चेन्नई, माघ २३ ।
  • अभिनेता रजनीकान्तको ‘दरबार’ फिल्म बक्स–अफिस कलेक्सनमा कमजोर भएपछि वितरकले भोक हड्ताल गर्ने घोषणा गरेका छन्।
  • दुई सय करोड भारुको बजेटमा निर्माण भएको फिल्मले ७० करोड घाटा बेहोर्नु परेको थियो।

चेन्नई, माघ २३ । अभिनेता रजनीकान्तको ‘दरबार’ फिल्म बक्स–अफिस कलेक्सनमा कमजोर भएपछि वितरकले भोक हड्ताल गर्ने घोषणा गरेका छन्।

दुई सय करोड भारुको बजेटमा निर्माण भएको फिल्मले ७० करोड घाटा बेहोर्नु परेको थियो। क्षतिपूर्तिको मागसहित अभिनेता रजनीकान्तसँग भेट्न खोज्दा उनले समय नदिएपछि वितरकले भोक हट्ताल गर्ने भएका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी अभिनित सन् २०१४ को ‘लिंगा’ फिल्म बक्स– अफिसमा असफल भएपनि वितरकले पैसा फिर्ता पाएका थिए। सो फिल्मबाट उनले मात्र एक सय १० करोड लिएका थिए।

यस फिल्मलाई अभिनेता रजनीकान्त र फिल्ममेकर एआर मुरुगदासले संयुक्त रूपमा निर्माण गरेका थिए। २५ वर्षपछि उनी प्रहरीको भूमिकामा यस फिल्मबाट कमब्याक गरेका थिए। फिल्ममा उनीसहित अभिनेत्री नयनतारा, सुनिल सेट्टी, प्रतिक बब्बर, निभिथा थोमस र योगी बाबु लगायत कलाकारले अभिनय गरेका छन्। फिल्ममा अनिरुद्ध रविचन्दरले संगीत दिएका छन् भने सन्तोष सिभानले खिचेका छन्।

अभिनेता रजनीकान्त र फिल्ममेकर मुरुगदास नयाँ फिल्मको लागि सहकार्य गरिरहेका छन्। हाल अभिनेता रजनीकान्त निर्देशक शिवाको तमिल फिल्ममा व्यस्त छन्।एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तराई÷मधेश द्रुतमार्ग आयोजनाको डिपिआर छिट्टै टुङ्गो लाग्ने
तराई÷मधेश द्रुतमार्ग आयोजनाको डिपिआर छिट्टै टुङ्गो लाग्ने
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने
एमबीबीएसको प्रश्नपत्र कसरी बाहिरियो ?
एमबीबीएसको प्रश्नपत्र कसरी बाहिरियो ?
कालो वर्ण हुनुको फाइदा
कालो वर्ण हुनुको फाइदा
मेयरको टिकट नपाएपछि एसका मकवानपुर अध्यक्ष पोखरेलद्वारा पार्टी परित्याग
मेयरको टिकट नपाएपछि एसका मकवानपुर अध्यक्ष पोखरेलद्वारा पार्टी परित्याग
विश्वकप छनोट एसिया फाइनलः नेपालले आज पहिलो खेल खेल्दै
विश्वकप छनोट एसिया फाइनलः नेपालले आज पहिलो खेल खेल्दै
सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको  प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !
सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !
वामदेवद्वारा एकता अभियानको पूर्वाभ्यास, प्रचण्डसँग भेटवार्ता
वामदेवद्वारा एकता अभियानको पूर्वाभ्यास, प्रचण्डसँग भेटवार्ता
आँखामा ट्याटू बनाउने महिला(भिडियोसहित)
आँखामा ट्याटू बनाउने महिला(भिडियोसहित)
हुँदा खाने र हुने खाने सबै समेट्नेगरी नयाँ शुरुवात : प्रधानमन्त्री ओली
हुँदा खाने र हुने खाने सबै समेट्नेगरी नयाँ शुरुवात : प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?