संघियता कार्यान्वयन हुन बाँकी छ: सभामुख महरा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
संघियता कार्यान्वयन हुन बाँकी छ: सभामुख महरा

सारांश

  • राजेन्द्र आचार्य, चितवन, १० असार ।
  •   सभामुख कृष्णबहादुर महराले संघियताको बारेमा अभ्यास्त हुन अझै केहि समय लाग्ने बताएका छन् ।
  • “संघीयता कार्यान्वयन हुने कानुन बन्न बाकीँ रहेकाे भन्दै उनले भने ‘आगामी असोज सम्म कानुन बन्छ, अनि विस्तारै संघियता बारेमा बुझ्ने  छन् ।

राजेन्द्र आचार्य, चितवन, १० असार ।  सभामुख कृष्णबहादुर महराले संघियताको बारेमा अभ्यास्त हुन अझै केहि समय लाग्ने बताएका छन् ।

“संघीयता कार्यान्वयन हुने कानुन बन्न बाकीँ रहेकाे भन्दै उनले भने ‘आगामी असोज सम्म कानुन बन्छ, अनि विस्तारै संघियता बारेमा बुझ्ने  छन् । ”

चितवनको भरतपुर महानगरपालिकाको दोस्रो नगरसभालाई अाइतबार उद्घाटन गर्दै उनले केन्द्रमा रहेको अधिकार स्थानिय तहमा नआएसम्म संघियता कार्यान्वयन नहुने समेत बताए ।

कानुन बनिनसकेकाले संघ, प्रदेश  र स्थानिय तहका अधिकारहरु निकर्याेल हुन नसकेको भन्दै सभामुख महराले आगामी आसोजमा कानुन बनेपछि मात्रै संघियताले मुर्त रुप लिने औंल्याए ।

संघियता भनेको जातीय क्षेत्रिय स्वयत्तता मात्रै नभएको भन्दै महराले केन्द्रमा रहेको अधिकार र स्राेत साधनलाई स्थानियस्तर सम्म ल्याउनु पर्नेमा जोड दिए । विगतमा यसैका लागि आन्दोलन भएको समेत उनले बताए ।

“अधिकारका विषयमा कानुन र नियमावलीहरु नबनिसकेकाले अझै केही समय अन्यौलमा रहेको छ,’ सभामुख महराले भने । यो बनेपछि सबै हल हुनेछ ।”

विगतको २० वर्षको समयममा ठुलो उपलव्धी गर्न नसकिएको उल्लेख गर्दै उनले अघिल्लो वर्ष भएको निर्वाचन संविधान पहिलो कार्यान्वयन पहिलो जग भएको जिकिर गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?