गच्छदारको बचाउ र अख्तियारको विरोधमा नेविसंघ र तरुण दल सडकमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २४, २०७६
|
|
२१ पटक हेरिएको
Shares
गच्छदारको बचाउ र अख्तियारको विरोधमा नेविसंघ र तरुण दल सडकमा

सारांश

  • काठमाडौं, २४ माघ ।
  • नेपाली कांग्रसको भातृसंगठन नेपाल तरुण दल र नेविसंघले अख्तियार दुरुपयोग अनुशन्धान आयोगको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
  • बालुवाटार जग्गा प्रकरणमा अख्तियारले कांग्रेसका उपनेता विजय कुमार गच्छदारलगायत १ सय ७५ जनामाथि मुद्दा चलाएको थियो।

काठमाडौं, २४ माघ । नेपाली कांग्रसको भातृसंगठन नेपाल तरुण दल र नेविसंघले अख्तियार दुरुपयोग अनुशन्धान आयोगको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । बालुवाटार जग्गा प्रकरणमा अख्तियारले कांग्रेसका उपनेता विजय कुमार गच्छदारलगायत १ सय ७५ जनामाथि मुद्दा चलाएको थियो।बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको नाममा दोषीलाई उन्मुक्ति दिने र निर्दोषलाई कारबाही गरेको भन्दै कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले भ्रष्टाचार सरकार चाहिँदैन,निर्दोषलाई फसाउन पाइँदैन,संवैधानिक निकायहरूमा सरकारी हस्तक्षेप बन्द गर,विभेद र पूर्वाग्रह मानिँदैन,काण्डैकाण्डको सरकार चाहिँदैनलगायत नारा लगाएर उनीहरूले प्रदर्शन गरेका हुन्।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?