सानेपा मृत्यु प्रकरण स् मृतकका परिवारबाट प्रहरीमा जाहेरी

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २९, २०७६
|
|
३९ पटक हेरिएको
Shares
सानेपा मृत्यु प्रकरण स् मृतकका परिवारबाट प्रहरीमा जाहेरी

सारांश

  • पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन् ।
  • पूर्वसचिव कार्कीले मङ्गलबार र विजयका परिवारका तर्फबाट जानकी चौधरीले आज जाहेरी दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार जाहेरीमा घटनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरिएको छ ।

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन् ।

पूर्वसचिव कार्कीले मङ्गलबार र विजयका परिवारका तर्फबाट जानकी चौधरीले आज जाहेरी दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार जाहेरीमा घटनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरिएको छ । किटानी जाहेरी भने नपरेको प्रहरीले जनाएको छ ।

ललितपुरको सानेपास्थित कार्कीको घरमा यही माघ २७ गते बिहान उहाँकी श्रीमती मुनाको हत्या भएको थियो भने चौधरीले झुण्डिएर आत्महत्या गरेका थिए । आफ्नै घरको भान्सा कोठामा बिहान अचेत अवस्थामा भेटिएकी मुनाको उपचारका क्रममा स्टार अस्पतालमा मृत्यु भएको थियो । टाउकामा लागेको गम्भीर चोटका कारण निधन भएको चिकित्सकले बताएका छन् ।

महानगरीय प्रहरी परिसरका अनुसार चौधरीले मुनालाई हिर्काएर अचेत बनाई आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घरमा रहेको सिसी टिभीको दृश्यमा समेत सोही कुरा पुष्टि हुने प्रहरीले जनाएको छ । यद्यपि पोष्टमार्टम रिपोर्ट र फोरेन्सिक ल्याबको रिपोर्ट नआएसम्म यकिन कारण भन्न नसकिने प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । उनीहरुको मोबाइललगायत सामग्री अनुसन्धानका लागि पठाइएको समेत उहाँले बताउनुभयो । चौधरी सानैदेखि सोही घरमा कामदारका रुपमा बसेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप फुटबलमा चलचित्र, खेलकुद तथा संगीत क्षेत्रका हस्तीको यस्तो देखियो कुम्भ मेला
विश्वकप फुटबलमा चलचित्र, खेलकुद तथा संगीत क्षेत्रका हस्तीको यस्तो देखियो कुम्भ मेला
आज फेब्रुअरी १४, ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस
आज फेब्रुअरी १४, ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस
कानुनका कारण खलबलिन थाल्यो पति–पत्नीको सम्बन्ध !
कानुनका कारण खलबलिन थाल्यो पति–पत्नीको सम्बन्ध !
दल विभाजन अध्यादेश ल्याउने ओलीको चाहनामा देउवाको अवरोध
दल विभाजन अध्यादेश ल्याउने ओलीको चाहनामा देउवाको अवरोध
मोटरसाइकल दुर्घटनामा मृत्यु
प्रदेश नम्बर २ चुनाव : सबै मतदान केन्द्रमा आज कर्मचारी पुग्ने
प्रदेश नम्बर २ चुनाव : सबै मतदान केन्द्रमा आज कर्मचारी पुग्ने
आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
गृहमन्त्री शर्मा को बिप्पलव लाई प्रश्न कुन नैतिकताले चुनाब बिथोल्न खोज्दै  छौ ??
गृहमन्त्री शर्मा को बिप्पलव लाई प्रश्न कुन नैतिकताले चुनाब बिथोल्न खोज्दै छौ ??
सन् २०२३ मा यूरोपका विद्युतीय कार बिक्रीमा सुधार
सन् २०२३ मा यूरोपका विद्युतीय कार बिक्रीमा सुधार
मालपोतमा उठेको साढे ४ करोड कर्मचारीले आफ्नो खातामा जम्मा पारेपछि….