प्रधानमन्त्री जन्मदिन मनाउन जन्मघर, स्थानीय तहमा सार्वजनिक विदा

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ११, २०७६
|
|
३५ पटक हेरिएको
Shares
प्रधानमन्त्री जन्मदिन मनाउन जन्मघर, स्थानीय तहमा सार्वजनिक विदा

सारांश

  • काठमाण्डौ ।
  • प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो जन्मघर तेह्रथुमको आठराई जाने भएका छन् ।
  • प्रधानमन्त्री जन्मदिन मनाउन आउने भएपछि यहाँ तयारी गरिएको छ ।

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो जन्मघर तेह्रथुमको आठराई जाने भएका छन् । प्रधानमन्त्री जन्मदिन मनाउन आउने भएपछि यहाँ तयारी गरिएको छ । आठराई गाउँपालिकाले आइतबार स्थानीय सार्वजनिक बिदा दिएको छ ।

प्रधानमन्त्री आउने र विभिन्न विकास निर्माणका कार्यक्रमको शिलान्यास गर्ने कार्यक्रम रहेकोले स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले जानकारी दिए । प्रधानमन्त्री ओलीले आज छातेढुंगाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङको ढुंगेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै जन्मघरमा हुने कार्यक्रममा उनले नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गर्नेछन् ।

प्रधानमन्त्रीको स्वागतका लागि गाउँपालिकाले शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन पनि दिएको छ । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा दुई हजार विद्यार्थीलाई प्रधानमन्त्रीको तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

आठराईमा त्रिभुवन विश्वविद्यालयको एक आंगिकसहित दुई वटा क्याम्पस र नौ वटा माविसहित ५८ वटा विद्यालय छन् । प्रधानमन्त्री ओलीले त्यसअघि पाँचथरको कुम्यायक गाउँपालिकामा तमोर नदीबाट लिफ्टिङ प्रविधिबाट पुर्याइएको खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    AffiliateLabz

    Great content! Super high-quality! Keep it up! 🙂

    Comment Author

    Elvia

    Nice

    Visit my web site recreational dispensary florida

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?