भारतमा हिंसा, १ प्रहरीसहित ५ जनाको मृत्यु, १० ठाउँमा कर्फ्यू

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १३, २०७६
|
|
२२ पटक हेरिएको
Shares
भारतमा हिंसा, १ प्रहरीसहित ५ जनाको मृत्यु, १० ठाउँमा कर्फ्यू

सारांश

  • काठमाडौँ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दिल्ली ओर्लिएकै दिन भारतको राजधानी दिल्लीमा ठूलो हिंसा भएको छ ।
  • दिल्लीमा विवादास्पद नागरिकता विधेयकको विरोधमा भएको हिंसाका क्रममा परी एक प्रहरीसहित ५ जनाको ज्यान गएको छ।

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दिल्ली ओर्लिएकै दिन भारतको राजधानी दिल्लीमा ठूलो हिंसा भएको छ । दिल्लीमा विवादास्पद नागरिकता विधेयकको विरोधमा भएको हिंसाका क्रममा परी एक प्रहरीसहित ५ जनाको ज्यान गएको छ।

दिल्ली क्षेत्रमा पर्ने यमुनापारमा सोमबार भएको हिंसामा परी एक जना प्रहरीसहित ५ जनाको ज्यान गएको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त हिंसामा परी १०० जनाभन्दा धेरै मानिसहरु घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

भारतमा विवादास्पद नागरिकता विधेयकको विरोध प्रदर्शन आज पनि बिहानैबाट सुरु भएको छ ।

अहिले दिल्ली सरकारले पूर्वी दिल्लीका १० ठाउँमा कर्फ्यु लगाएको छ भने दिल्लीका स्कुल, कलेज र रेल स्टेशनहरु बन्द छन्।

यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रदर्शनकारीलाई संयमता अपनाउन आह्वान गरेको भारतीय मिडिया आजतकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?