खाेटाङ्मा सोलार सेटसहितकाे कम्प्युटर कक्षा सञ्चालन !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
२२ पटक हेरिएको
Shares
खाेटाङ्मा सोलार सेटसहितकाे कम्प्युटर कक्षा सञ्चालन !

सारांश

  • खोटाङ, ११ भदौ ।
  • जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यू माविमा कम्प्युटर कक्षा सञ्चालन गरिएको छ ।
  • सुन्तले स्थायी घर भई हाल बेलायत (युके)मा बस्दै आएका चन्द्र राईको नेतृत्वमा सङ्कलन गरिएको ११ थान कम्प्युटर जडान गरेर कक्षा सञ्चालन गरिएको हो ।

खोटाङ, ११ भदौ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यू माविमा कम्प्युटर कक्षा सञ्चालन गरिएको छ । सुन्तले स्थायी घर भई हाल बेलायत (युके)मा बस्दै आएका चन्द्र राईको नेतृत्वमा सङ्कलन गरिएको ११ थान कम्प्युटर जडान गरेर कक्षा सञ्चालन गरिएको हो । विद्यालयमा विद्युत् नभएको समयमा पनि निरन्तर कक्षा सञ्चालन गर्न १६ थान सोलार सेटसमेत जडान गरिएको छ । समाजसेवी राईले नौ थान कम्प्युटर र १६ थान सोलार सेट साकुमा फ्रेण्डसिप ट्रष्ट युकेमार्फत विद्यालयलाई उपलब्ध गराएका प्रधानाध्यापक तुलसीराम पोखरेलले जानकारी दिए ।

थप तीन थान कम्प्युटर ध्यानकुमार राई, उषा–दीपेन राई र मुकेश राईले एक÷एक थान उपलब्ध गराउनुभएको जनाइएको छ । विद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि रु १२ लाख २५ हजार बराबरको अक्षयकोषसमेत स्थापना गरिएको छ ।

सुन्तलेमा जन्मिएर विभिन्न देशमा कार्यरत प्रवासीबाट रु १० लाख ८९ हजार र स्थानीयवासीबाट सङ्कलन भएको रु एक लाख ४३ हजार गरी अक्षयकोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि राईले बताए । ‘सुन्तले कम्प्युटर सञ्चालन अक्षयकोष’ नाम दिइएको अक्षयकोष स्थापनाका लागि कुवेतमा रहनुभएका सुन्तलेका केदार आलेमगरको नेतृत्वमा रकम सङ्कलन गरिएको जनाइएको छ । अक्षयकोषमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले रु १० हजार, गाउँपालिका प्रमुख शालिकराम बञ्जराले रु २० हजार ५००, उपप्रमुख गोमा मगरले रु पाँच हजार र नेपाल कम्युनिष्ट पार्टीका स्थानीय युवा नेता निश्चल खड्काले रु सात हजार रकम उपलब्ध गराएका अध्यक्ष राईले जानकारी दिए ।

भौगोलिकरुपमा विकट मानिने सुन्तलेमा पहिलो पटक कम्प्युटर कक्षा सञ्चालन भएपछि कम्प्युटर सिक्ने विद्यार्थी तथा स्थानीयको भीड लागेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीसँगै स्थानीयवासीले समेत थोरै शुल्क तिरेर आफ्नै ठाउँमा कम्प्युटर शिक्षा हासिल गर्न पाउने भएपछि सुन्तलेवासी हर्षित भएका छन् । तीन सय ७१ जना विद्यार्थी अध्ययनरत विद्यालयमा स्थापना गरिएको कम्प्युटर कक्षामा केही दिनमै कम्प्युटर सिक्न चाहने स्थानीयवासीलाई समेत अवसर दिइने सञ्चालक समितिले जनाएको छ । विद्यालयमा कम्प्युटर कक्षा स्थापना भएसँगै इमेल÷इन्टरनेट सेवासमेत विस्तार गर्ने तयारी गरिएको प्रअ पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Nar Bdr BK

    राम्रो निउज

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा केसी हेलिकोप्टर चढ्ने बित्तिकै नारायणकाजी श्रेष्ठले गरे यस्ताे  ट्वीट
डा केसी हेलिकोप्टर चढ्ने बित्तिकै नारायणकाजी श्रेष्ठले गरे यस्ताे ट्वीट
समानुपातिकमा कांग्रेसको अग्रता, एमाले दोस्रो, माओवादी तेस्रो, विवेकशील साझाको १ मत
समानुपातिकमा कांग्रेसको अग्रता, एमाले दोस्रो, माओवादी तेस्रो, विवेकशील साझाको १ मत
चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’ सार्वजनिक (भिडियोसहित)
चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’ सार्वजनिक (भिडियोसहित)
काँग्रेसद्वारा डा. केसीसँगको सहमति कार्यान्वयन गर्न माग
काँग्रेसद्वारा डा. केसीसँगको सहमति कार्यान्वयन गर्न माग
स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ
स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ
शुरु भयाे नेपाल–चीन मेला !
शुरु भयाे नेपाल–चीन मेला !
काठमाडौँ–दिल्लीको भन्दा काठमाडौँ–धनगढीको हवाई भाडा महङ्गो
काठमाडौँ–दिल्लीको भन्दा काठमाडौँ–धनगढीको हवाई भाडा महङ्गो
बैशाखदेखि आजसम्म नेपालमा ४८ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना
बैशाखदेखि आजसम्म नेपालमा ४८ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना
अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएपछि युवा संघ एक्शनमा, सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी
अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएपछि युवा संघ एक्शनमा, सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी
Ex-Bigg Boss contestant Arshi Khan’s latest bikini pictures are breaking the internet, see pics
Ex-Bigg Boss contestant Arshi Khan’s latest bikini pictures are breaking the internet, see pics

तपाईंले छुटाउनुभयो कि?