माले महासचिव मैनाली चढेको कार दुर्घटना, अवस्था गम्भीर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १५, २०७६
|
|
३५ पटक हेरिएको
Shares
माले महासचिव मैनाली चढेको कार दुर्घटना, अवस्था गम्भीर

सारांश

  • काठमाडौं।
  • नेकपा मालेको महासचिव सिपी मैनाली चढेको कार दुर्घटना हुँदा मैनाली गम्भीर घाइते भएका छन्।
  • बर्दिबासबाट काठमाडौं आउँदै गरेका मैनाली चढेको कारलाई सिन्धुलीबाट बर्दिवास आउँदै आएको पिकअपले ठक्कर दिँदा मैनालीको टाउकोमा चोट लाग्नुका साथै खुट्टा फयक्चर भएको सिन्धुलीका डिएसी माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

काठमाडौं। नेकपा मालेको महासचिव सिपी मैनाली चढेको कार दुर्घटना हुँदा मैनाली गम्भीर घाइते भएका छन्। बर्दिबासबाट काठमाडौं आउँदै गरेका मैनाली चढेको कारलाई सिन्धुलीबाट बर्दिवास आउँदै आएको पिकअपले ठक्कर दिँदा मैनालीको टाउकोमा चोट लाग्नुका साथै खुट्टा फयक्चर भएको सिन्धुलीका डिएसी माधवप्रसाद बुढाथोकीले जानकारी दिए। अहिले उनको जनसेवा अस्पतालमा उपचार भइरहेको छ। थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको डिसपी बुढाथोकीले जानकारी दिए।

मैनाली परिवारसहित बर्दिवासबाट काठमाडौं फर्किँदै थिए। प्रहरीका अनुसार मैनाली सवार बा ४ च २१२० नम्बरको कारमा मैनालीकी श्रीमती, छोरा, बुहारी र नाति थिए। उक्त कारलाई विपरित दिशाबाट आएको ना ४ ख ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?