नेपाल दोस्रो खेलमा हङ्‍कङद्वारा ४३ रनले पराजित

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १८, २०७६
|
|
२५ पटक हेरिएको
Shares
नेपाल दोस्रो खेलमा हङ्‍कङद्वारा ४३ रनले पराजित

सारांश

  • काठमाडाैं।
  • एशिया इस्टर्न रीजन टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत हङ्‍कङविरुद्धको खेलमा नेपाल पराजित हुन पुगेको छ।
  • हङ्‍कङले दिएको १५५ रनको चुनौती पछ्याउने क्रममा नेपालका ब्याट्सम्यानहरू एकपछि अर्को गर्दै पवेलियन फर्किएपछि नेपालले हार बेहोरेको हो।

काठमाडाैं। एशिया इस्टर्न रीजन टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत हङ्‍कङविरुद्धको खेलमा नेपाल पराजित हुन पुगेको छ।

हङ्‍कङले दिएको १५५ रनको चुनौती पछ्याउने क्रममा नेपालका ब्याट्सम्यानहरू एकपछि अर्को गर्दै पवेलियन फर्किएपछि नेपालले हार बेहोरेको हो।

नेपालले सबै खेलाडी गुमाउने क्रममा १८. १ ओभरमा १११ रन मात्र बनाउन सक्यो। पहिलो दिनको खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो।।

यो सँगै नेपालको प्रतियोगितामा अगाडि बढ्ने सम्भावना निकै न्यून बनेको छ। एशिया कपको छनोटको रुपमा रहेको जारी प्रतियोगितामा शीर्ष दुई टोली मात्र छनोट हुनेछन्।

युवा खेलाडी कुशल मल्ललाई पुन: प्रारम्भिक ब्याट्सम्यानको जिम्मा दिइएको खेलमा नेपालको मध्यक्रम फेरि एकपटक असफल सावित हुन पुग्यो।

कुशल १९ रन बनाएर आउट भएपछि आएका ब्याट्सम्यानहरु एकपछि अर्को गर्दै आउट हुन पुगे।

पारस खड्का ४, दीपेन्द्र सिंह ऐरी ५, विनोद भण्डारी ५, पवन सर्राफ १ रनमा खुम्चिएपछि नेपाल हारतर्फ अग्रसर भएको थियो।

कप्तान मल्लले एउटा इन्डबाट खेल सम्हाल्ने प्रयास गरिरहँदा उनलाई सहकर्मी ब्याट्सम्यानहरुले राम्रो साथ दिन सकेनन्।

फलत: १६ औं ओभरमा मल्ल पनि स्टम्पिङको सिकार हुन पुगे। दोस्रो पटक अर्धशतक बनाउनबाट चुकेका उनले ४६ रन बनाउने क्रममा चार चौका र एक छक्का प्रहार गरेका थिए।

आरिफ शेखले केही समय सङ्घर्ष गर्दे १० रन जोडेका थिए।

उनीपछि आएका अलराउन्डर करण केसीले खेलमा केही आशा थप्न खोजेका थिए। एउटा विशाल छक्का प्रहार गरेपनि फेरी त्यस्तै शट् प्रहार गर्ने क्रममा उनी पनि ७ रनमा आउट हुन पुगे।

अन्तिम ब्याट्सम्यान अविनाश बोहराले १२ रन बनाए।

थाईल्यान्डको टेर्डथाइ किक्रेट मैदान भएको आफ्नो दोस्रो खेलमा नेपालले हङ्‍कङबाट १५५ रनको चुनौती पाएको छ।

२० ओभर ब्याटिङ गर्ने क्रममा हङ्‍कङले ६ विकेट गुमाएर १५४ रन बनाएको थियो।

नेपालका लागि स्पीनर सन्दीप लामिछाने र युवा बलर सुशन भारीले दुई-दुई र कुशल मल्लले एक विकेट लिएका थिए।

हङ्‍कङका एक ब्याट्सम्यान रन आउट भएका थिए।

यसअघि आफ्नो पहिलो खेलमा शनिवार नेपाल मलेशियाबाट २२ रनले पराजित भएको थियो।

सबै सहभागी राष्ट्रले एकअर्का विरुद्ध खेलेपछि शीर्ष दुई स्थानमा रहने टोलीले अगस्टमा कुवेत र यूएईसँग खेल्नेछ।

मलेशियामा हुने सो प्रतियोगिताबाट सेप्टेम्बरमा पाकिस्तानमा हुने टी२० एशिया कप खेल्ने देश छनौट हुनेछ।

एशिया कपमा भारत, श्रीलङ्का, बाङ्ग्लादेश र अफगानिस्तान पनि सहभागी हुनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानको अनुभवः समय, मेहनत र कामको सम्मान
जापानको अनुभवः समय, मेहनत र कामको सम्मान
ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान
ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान
रेभेलविरुद्ध पिएसजीको ९ गोल, एम्बाप्पेको ह्याट्रिक
रेभेलविरुद्ध पिएसजीको ९ गोल, एम्बाप्पेको ह्याट्रिक
सुन तस्करी प्रकरण : यी परिचित वकिल जाे अभियुक्तसँग पैसा लिएर अदालत पुगे !
सुन तस्करी प्रकरण : यी परिचित वकिल जाे अभियुक्तसँग पैसा लिएर अदालत पुगे !
‘यमबुद्ध’ को शव प्रज्ञा भवन कमलादीमा (हेर्नुहोस् भिडियो )
‘यमबुद्ध’ को शव प्रज्ञा भवन कमलादीमा (हेर्नुहोस् भिडियो )
कमेडियन कपिल शर्माकाे विहे तय , यी हुन दुलहि
चर्खाबाट ऊन काटेर आम्दानी बढाउँदै महिला
चर्खाबाट ऊन काटेर आम्दानी बढाउँदै महिला
यी हिरोइनले स्वतन्त्र चुनाव लडेर पूर्वप्रधानमन्त्रीका नाती तथा मुख्यमन्त्रीका छोरालाई हराइन्
यी हिरोइनले स्वतन्त्र चुनाव लडेर पूर्वप्रधानमन्त्रीका नाती तथा मुख्यमन्त्रीका छोरालाई हराइन्
ट्राफिक व्यवस्थापन सुरक्षित र मर्या्दित बनाउन तालीम
ट्राफिक व्यवस्थापन सुरक्षित र मर्या्दित बनाउन तालीम
मेलम्ची ठेकेदारको धरौटी जफतको निर्णय अदालतले रोक्यो
मेलम्ची ठेकेदारको धरौटी जफतको निर्णय अदालतले रोक्यो

तपाईंले छुटाउनुभयो कि?