नेपाल बंगलादेशसँग पराजित, सुवाशले लिए ५ विकेट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १८, २०८०
|
|
४९ पटक हेरिएको
Shares
नेपाल बंगलादेशसँग पराजित, सुवाशले लिए ५ विकेट

सारांश

  • काठमाडौं ।
  • आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।
  • बुधबार भएको सुपर सिक्सको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको हो ।

काठमाडौं । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बुधबार भएको सुपर सिक्सको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको हो ।

जितका लागि एक सय ७० रनको लक्ष्य पाएको बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो । बंगलादेशका जिसन आलम र अरिफुल इस्लामले अर्धसतक प्रहार गरे । आलमले ४३ बलमा ५५ तथा इस्लामले ३८ बलमा ५९ रन बनाए । नेपालका लागि सुवाश भण्डारी एक्लैले ५ विकेट लिए ।

यसअघि आज टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रन बनाएको थियो । नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए । केसीले एक सय बल खेल्दै ६ चौका प्रहार गरे । यस्तै कप्तान देव खनालले ३५, सुवाश भण्डारीले अविजित १८ तथा अर्जुन कुमालले १४ रन बनाए ।

बलिङतर्फ बङ्गलादेशका लागि रोहानत दोउल्लाह बोर्सनले चार, शेख प्रवेज जिवनले तीन तथा इकबाल हुसेन इमोन, मरुफ मृधा र जिशान आलमले एक एक विकेट लिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    qweqt

    Fantastic site A lot of helpful info here Im sending it to some buddies ans additionally sharing in delicious And naturally thanks on your sweat

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सेना प्रमुख बर्खास्त
युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सेना प्रमुख बर्खास्त
किन ट्रम्पले मोदीको कोटभित्र हात हाले
किन ट्रम्पले मोदीको कोटभित्र हात हाले
बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला
बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला
मह संचार’ले ‘सत्रु गते’ बनाउने , दीपक-दीपादेखि पल शाह, प्रियंका कार्की, आँचल शर्माको , एउटै पर्दामा अभिनय!
मह संचार’ले ‘सत्रु गते’ बनाउने , दीपक-दीपादेखि पल शाह, प्रियंका कार्की, आँचल शर्माको , एउटै पर्दामा अभिनय!
शिवराज नगरपालिका भित्रका बासिन्दाले  घरमा शौचालय नबनाए सुविधा नपाउने
शिवराज नगरपालिका भित्रका बासिन्दाले घरमा शौचालय नबनाए सुविधा नपाउने
नेपालको संसदले रोक्न सक्ला र ब्रिटिस गोर्खामा महिला भर्ति ?
नेपालको संसदले रोक्न सक्ला र ब्रिटिस गोर्खामा महिला भर्ति ?
Neha Kakkar’s alleged boyfriend Himansh Kohli blasts trolls for slamming her!
Neha Kakkar’s alleged boyfriend Himansh Kohli blasts trolls for slamming her!
गुण्डा नाइकेहरु सलबलाएपछि पूर्व–पिएलएहरुको टोली परिचालन
गुण्डा नाइकेहरु सलबलाएपछि पूर्व–पिएलएहरुको टोली परिचालन
बाबुरामको प्रचार सामाग्री र १ लाख नगदसहित ५ कार्यकर्ता पक्राउ
बाबुरामको प्रचार सामाग्री र १ लाख नगदसहित ५ कार्यकर्ता पक्राउ
मेलम्ची आयोजनालाई तिव्रता दिन उच्चस्तरीय बैठक
मेलम्ची आयोजनालाई तिव्रता दिन उच्चस्तरीय बैठक