गत वर्ष राजश्व असुली ६ खर्ब १२ अर्ब रुपैयाँ भएको छ : अर्थमन्त्री कार्की
सारांश
- श्रावण २, २०७४- अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक वर्ष २०७३/७४ मा ६ खर्ब १२ अर्ब रुपैयाँ राजश्व संकलन भएको जानकारी दिएका छन् ।
- व्यवस्थापिका–संसद् अर्थसमितिको आजको बैठकमा उनले लक्ष्यभन्दा १०८ प्रतिशत बढी राजश्व संकलन भएको जानकारी दिएका थिए ।
- गत आर्थिक वर्षमा सरकारले ५ खर्ब ६५ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य निर्धारण गरेको थियो ।
श्रावण २, २०७४- अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक वर्ष २०७३/७४ मा ६ खर्ब १२ अर्ब रुपैयाँ राजश्व संकलन भएको जानकारी दिएका छन् ।
व्यवस्थापिका–संसद् अर्थसमितिको आजको बैठकमा उनले लक्ष्यभन्दा १०८ प्रतिशत बढी राजश्व संकलन भएको जानकारी दिएका थिए । गत आर्थिक वर्षमा सरकारले ५ खर्ब ६५ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य निर्धारण गरेको थियो ।
अर्थमन्त्री कार्कीले राजश्व चुहावट र राजश्व संकलनमा हुने अनियमिता रोक्न व्यवहारमै खरो रुपमा उत्रने दृढता पनि व्यक्त गरे । ‘राजश्व चुहावट र अनियमितता उपर शून्य सहनशीलताको नीति लिइएको छ, यो केवल बुँदामा मात्र होइन, व्यवहारमै खरो रुपमा उत्रेर प्रमाणित गरिने छ,’ उनले भने, ‘राजश्व प्रणालीमा र कर असुलीमा हुने अनियमितता नियन्त्रण गर्न प्रविधिमा आधारित स्वचालित माध्यमको प्रयोगमा भन्सार कर प्रणाली सञ्चालनमा जोड दिइएको छ ।’
प्रतिक्रिया