अर्को सूचना नभएसम्म प्रदेशसभाको बैठक स्थगित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ६, २०७६
|
|
४६ पटक हेरिएको
Shares
अर्को सूचना नभएसम्म प्रदेशसभाको बैठक स्थगित

सारांश

  • विराटनगर, ६ चैत : प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अर्को सूचना नभएसम्म बैठक स्थगन भएको जानकारी दिएका छन् ।
  • प्रदेशसभाको चालू अधिवेशन २०७६ माघ २३ गतेदेखि शुरु भएर आज २२औँ बैठक सम्पन्न भएपछि सभामुख भण्डारीले सो जानकारी दिएका हुन् ।
  • प्रदेश वातावरण विधेयक पारित चालू अधिवेशनमा सदन विभिन्न विधेयक पेश भए पनि आज ‘प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ सर्वसम्मतिले पारित भएको छ ।

विराटनगर, ६ चैत : प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अर्को सूचना नभएसम्म बैठक स्थगन भएको जानकारी दिएका छन् । प्रदेशसभाको चालू अधिवेशन २०७६ माघ २३ गतेदेखि शुरु भएर आज २२औँ बैठक सम्पन्न भएपछि सभामुख भण्डारीले सो जानकारी दिएका हुन् ।

प्रदेश वातावरण विधेयक पारित

चालू अधिवेशनमा सदन विभिन्न विधेयक पेश भए पनि आज ‘प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ सर्वसम्मतिले पारित भएको छ । प्र्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले सो प्रस्ताव सदनमा पेश गरेका थिए ।

प्रदेश १ का बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथिको सैद्धान्तिक छलफल आजदेखि समाप्त भएको छ । सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा सामाजिक विकास राज्यमन्त्री जशमाया गजमेरले बालबालिकाको अधिकारलाई व्यवस्थित गर्न विधेयकले भरपूर मद्दत गर्ने बताए । बालगृह, बालआवास तथा भ्रुण हत्याजस्ता विधेयकमा स्पष्ट व्यवस्था भएकाले प्रारम्भिक बालबालिकाको उमेर पाँच वर्ष कायम गरिएको उनले बताए । सैद्धान्तिक छलफलमा १० सदस्यले आ–आफ्नो धारणा राखे ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैरनाफामूलक संस्थाको रुपमा दर्ता भई सिण्डिकेटबाट नाफा कमाउने अधिकार छैन : गृहमन्त्री थापा
गैरनाफामूलक संस्थाको रुपमा दर्ता भई सिण्डिकेटबाट नाफा कमाउने अधिकार छैन : गृहमन्त्री थापा
नेताहरु लाम लागेर विदेश भ्रमणमा, हेर्नुस् को कहाँ गए
नेताहरु लाम लागेर विदेश भ्रमणमा, हेर्नुस् को कहाँ गए
४० देखी ४५ लाख रुपैयाँ बराबरको सुन सहित २ जना पक्राउ !
४० देखी ४५ लाख रुपैयाँ बराबरको सुन सहित २ जना पक्राउ !
एसिया कप छनाेटः तिन दावेदार नेपाल, ह‌ङ्कङ् र युएइकाे यस्ताे रह्याे पहिलाे इन्निङ
एसिया कप छनाेटः तिन दावेदार नेपाल, ह‌ङ्कङ् र युएइकाे यस्ताे रह्याे पहिलाे इन्निङ
आजको मौसमः चार प्रदेशमा आंशिक बदली रहने
आजको मौसमः चार प्रदेशमा आंशिक बदली रहने
प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते
प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते
अझै आगो दन्किदै चीनिया सागरमा
अझै आगो दन्किदै चीनिया सागरमा
सातवटा प्रदेशमा राष्ट्रियसभाको निर्वाचन, सरकारले तोक्ने प्रदेशको केन्द्रमा मतदान
सातवटा प्रदेशमा राष्ट्रियसभाको निर्वाचन, सरकारले तोक्ने प्रदेशको केन्द्रमा मतदान
रुकुम पश्चिम प्रदेशसभा ‘ख’मा गोपाल शर्मा निर्वाचित
रुकुम पश्चिम प्रदेशसभा ‘ख’मा गोपाल शर्मा निर्वाचित
मन्त्री भट्टराईले आफुलाई भन्दा पहिले सिटौलालाई स्वागत गर्न भनेपछि….
मन्त्री भट्टराईले आफुलाई भन्दा पहिले सिटौलालाई स्वागत गर्न भनेपछि….