निर्भया सामूहिक बलात्कारमा संलग्न चारै जनालाई मृत्युदण्ड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ७, २०७६
|
|
४३ पटक हेरिएको
Shares
निर्भया सामूहिक बलात्कारमा संलग्न चारै जनालाई मृत्युदण्ड

सारांश

  • नयाँ दिल्ली।
  •  निर्भया बलात्कारका दोषीलाई आज सुर्योदय अगावै फाँसी दिइएको छ ।
  • भारतीय समय अनुसार विहान साँढे पाँच बजे चारै जना दोषीलाई दिल्लीस्थित तिहार जेलमा फाँसी दिइएको हो ।

नयाँ दिल्ली।  निर्भया बलात्कारका दोषीलाई आज सुर्योदय अगावै फाँसी दिइएको छ । भारतीय समय अनुसार विहान साँढे पाँच बजे चारै जना दोषीलाई दिल्लीस्थित तिहार जेलमा फाँसी दिइएको हो ।

फाँसी दिइएकामा मुकेश सिंह ३२ वर्ष, अक्षय ठाकुर ३१ वर्ष, पवन गुप्ता २५ वर्ष र विनय शर्मा २६ वर्षीका छन् । फाँसी पवन जल्लादले लिभर तानेर दिएका थिए । उनी मंगलबार नै उत्तर प्रदेशको मेरटबाट तिहार जेल पुगेका थिए ।

तिहार जेलमा पहिलोपटक एकैपटक चारजनालाई फाँसी दिइएको हो । टाइम्स अफ इन्डियाका अनुसार पवन जल्लादले फाँसीको पूर्वाभ्यास गरिसकेका थिए । जेलका सुपरिटेन्डेन्टले झुण्ड्याउने डोरीको परीक्षण गरी झुण्ड्याउने फाँसीको तख्ताको समेत नीरिक्षण गरेका थिए ।

दिल्ली जेल ऐन २०१८ अनुसार फाँसी दिइँदा जेल सुपरिटेन्डेन्ट, डेपुटी सुपरिटेन्डेन्ट, मेडिकल अफिसर, डिस्ट्रिक मेजिस्ट्रेटको उपस्थिति थियो । गार्ड, वार्डर सहित हतियारधारी गार्ड समेत उपस्थित थियो ।

फाँसी दिइएका चारैजनाका परिवार भने उपस्थित थिएनन् । तिहार जेलका सबै कैदीबन्दी जेल परिसरभित्रको कोठा बाहिर समेत आउन दिइएको थिएन । उनीहरुलाई यसै हप्ताभित्र परिवारसँग भेट्न दिइएको थियो । अक्षय ठाकुरबाहेकका परिवारका सदस्य भेट्न पुगेका थिए । भेटमा उनीहरुको रुवावासी चलेको जेल स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २९ फेब्रुअरीमा पवन गुप्ता र विनय शर्माको परिवार जेलमा पुगेका थिए । उनीहरु परिवारसँग भेट्दा खुबै रोएका थिए । शर्मालाई जेलका अधिकारीहरुले सम्झाउनुपरेको थियो । अनियन्त्रित तरिकाले शर्मा रोएको उल्लेख गरिएको छ ।

२ मार्चको परिवारसँगको भेटमा मुकेश सिंह बढी समय शान्त देखिन्थे । तर, उन बेला बेलामा भावुक भई रोएका थिए । उनी बारम्बार कानुनी विकल्प रहेको र फाँसीबाट बच्ने बताइरहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

घटनामा छ जना दोषी पाइएपछि उनीहरुमध्येका एक राम सिंहले सन् २०१३ मा तिहार जेलमा आत्महत्या गरिसकेका छन् । अर्का दोषी कम उमेरका पाइएकाले कानुनबमोजिम तीन वर्ष सुधारगृहमा राखेपछि रिहा भइसकेका छन् ।

दोषीमध्य विहार घर भएका अक्षय ठाकुरको परिवार भने जेलमा पुगेनन् । उनकी पत्नी पुनिता देवीले पारपाचुकेको निवेदन अदालतमा दर्ता गरेकी छिन् । यसलाई बहाना बनाएर भएपनि फाँसी स्थगित गराउन खोजिएको थियो । तर, अदालतले यसपटक अस्वीकार गरिदियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै श्रीमतीले न्यायाधीशलाई फसाएर अर्काको बच्चाको बाबु बनाउन खोजेपछि …
आफ्नै श्रीमतीले न्यायाधीशलाई फसाएर अर्काको बच्चाको बाबु बनाउन खोजेपछि …
Electronic Storage and Data Rooms
बेलायतमा आप्रवासी चढेको डुंगा पल्टिँदा ६ को मृत्यु
बेलायतमा आप्रवासी चढेको डुंगा पल्टिँदा ६ को मृत्यु
एकीकृत समाजवादीमा कार्यविभाजन, रामकुमारी बनिन् विद्यार्थी इन्चार्ज
एकीकृत समाजवादीमा कार्यविभाजन, रामकुमारी बनिन् विद्यार्थी इन्चार्ज
प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव
प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव
एकता संयोजन समिति बैठक बस्दै, यी हुन् तीन एजेन्डा
एकता संयोजन समिति बैठक बस्दै, यी हुन् तीन एजेन्डा
ललिता निवास प्रकरण : थप एक जना पक्राउ
ललिता निवास प्रकरण : थप एक जना पक्राउ
कबुलियत वनमा लगाइएको अम्रिसो बेचेर तीन करोड बढी आम्दानी
कबुलियत वनमा लगाइएको अम्रिसो बेचेर तीन करोड बढी आम्दानी
प्रचण्डमाथि अभद्र व्यवहार नभएको सचिवालयको भनाई
प्रचण्डमाथि अभद्र व्यवहार नभएको सचिवालयको भनाई
माओवादीले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिश  गर्‍यो
माओवादीले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिश गर्‍यो