एकीकृत समाजवादीमा कार्यविभाजन, रामकुमारी बनिन् विद्यार्थी इन्चार्ज

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ४, २०८१
|
|
१४ पटक हेरिएको
Shares
एकीकृत समाजवादीमा कार्यविभाजन, रामकुमारी बनिन् विद्यार्थी इन्चार्ज

सारांश

  • काठमाडौं।
  • नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजन टुंग्याएको छ।
  • गत असारमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा नेताहरुको कार्य विभाजन हुन सकेको थिएन ।

काठमाडौं। नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजन टुंग्याएको छ। गत असारमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा नेताहरुको कार्य विभाजन हुन सकेको थिएन । तर २६ मंसिरदेखि एक साता चलेको स्थायी कमिटी बैठकले नेताहरुको कार्य विभाजन टुंगो लगाएको हो।

नयाँ कार्य विभाजन अनुसार कोशी इन्चार्ज उपमहासचिव राजेन्द्र राई, मधेश इन्चार्ज उपाध्यक्ष धर्मनाथप्रसाद साह, बागमती इन्चार्ज उपाध्यक्ष गंगालाल तुलाधर, गण्डकी इन्चार्ज सचिव श्रीनाथ बराल, लुम्बिनी इन्चार्ज उपमहासचिव मेटमणि चौधरी, कर्णाली इन्चार्ज सचिव चन्द्रबहादुर शाही र सुदूरपश्चिम इन्चार्ज उपाध्यक्ष जानुभक्त जोशी बनेका छन्।

सम्मानित नेता झलनाथ खनाल स्कुल विभाग प्रमुख बनेका छन् । बरिष्ठ नेताहरु बेदुराम भुसाल संगठन विभाग प्रमुख र प्रमेश हमाल विदेश विभाग प्रमुख बनेका छन्।

वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई मोर्चा फाँट प्रमुखको जिम्मेवारी दिइएको छ । पार्टी उपाध्यक्ष जगनाथ खतिवडालाई संघीय तथा प्रादेशिक मामिला प्रमुख र उपाध्यक्ष जयन्ती राईलाई अनेम संघ इन्चार्जको जिम्मेवारी दिइएको छ ।

महासचिव घनश्याम भूसालले पार्टी कामको अनुगनमनको जिम्मेवारी पाएका छन् । उपमहासचिव गरिमा शाहलाई संसदीय फाँट इन्चार्ज र अर्का उपमहासचिव रामकुमार भट्टराईलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिइएको छ । यवा विभाग इन्चार्जमा लक्ष्मण केसी र विद्यार्थी विभाग इन्चार्ज रामकुमारी झाँक्री बनेकी छन् ।

स्थायी कमिटीबाट अनुमोदित नेताहरुको कार्य विभाजन सम्बन्धी जानकारी अपानि मार्फत् भोलि मातहटको कमिटीमा पठाउने तयारी छ । ‘पदाधिकारी सहित सबै केन्द्रीय सदस्यहरुको कार्य विभाजन भएको छ । भोलितिर अपानि जारी हुन्छ’, उपाध्यक्ष खतिवडाले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्याङ्करको ठक्करबाट महिलाको मृत्यु
ट्याङ्करको ठक्करबाट महिलाको मृत्यु
खाद्य व्यवस्था कम्पनीले माघ २ गतेसम्म सहुलियत पसल सञ्चाल नगर्ने
खाद्य व्यवस्था कम्पनीले माघ २ गतेसम्म सहुलियत पसल सञ्चाल नगर्ने
बाबुरामलाई बधाई दिंदै नारायणकाजीले ट्वीटरमा लेखे – म खुशी नै छु
बाबुरामलाई बधाई दिंदै नारायणकाजीले ट्वीटरमा लेखे – म खुशी नै छु
डोनाल्ड ट्रम्पका अर्का प्रतिस्पर्धी राष्ट्रपतिको रेसबाट बाहिरिए, ट्रम्पलाई नै समर्थन गर्ने
डोनाल्ड ट्रम्पका अर्का प्रतिस्पर्धी राष्ट्रपतिको रेसबाट बाहिरिए, ट्रम्पलाई नै समर्थन गर्ने
तोपसँग खुकुरीले लडेर पनि जित्ने नेपाली कहिल्यै दासता स्वीकार्दैन : प्रधानमन्त्री ओली
तोपसँग खुकुरीले लडेर पनि जित्ने नेपाली कहिल्यै दासता स्वीकार्दैन : प्रधानमन्त्री ओली
भारतका लागि नेपालमा गणतन्त्र र धर्मनीरपेक्ष प्रतिकूल बनेको हो ?
भारतका लागि नेपालमा गणतन्त्र र धर्मनीरपेक्ष प्रतिकूल बनेको हो ?
कार्यक्रम सेटमा बिग्रियो कपिलको स्वास्थ्य, सुटिङ रोकेर हतारिँदै पुर्याउनुपर्यो अस्पताल
कार्यक्रम सेटमा बिग्रियो कपिलको स्वास्थ्य, सुटिङ रोकेर हतारिँदै पुर्याउनुपर्यो अस्पताल
सलमानले आफ्नो सुपरहिट फिल्म वान्टेडको सिक्वेल बनाउँदै
सलमानले आफ्नो सुपरहिट फिल्म वान्टेडको सिक्वेल बनाउँदै
भिजिबिलिटी कम हुँदा दुर्गम जिल्लामा हवाई उडान प्रभावित
भिजिबिलिटी कम हुँदा दुर्गम जिल्लामा हवाई उडान प्रभावित
पूर्व उपप्रधान एवं अर्थमन्त्री अधिकारीको राजकीय सम्मानकासाथ अन्तेष्टि
पूर्व उपप्रधान एवं अर्थमन्त्री अधिकारीको राजकीय सम्मानकासाथ अन्तेष्टि

तपाईंले छुटाउनुभयो कि?