झापामा ५२ श्ययाको क्वारेन्टाइन, आठ श्ययाको आइसोलेशन कक्ष

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ८, २०७६
|
|
३४ पटक हेरिएको
Shares
झापामा ५२ श्ययाको क्वारेन्टाइन, आठ श्ययाको आइसोलेशन कक्ष

सारांश

  • झापा।
  • कोभिड–१९ सङ्क्रमणको आशङ्का भएका व्यक्तिलाई राख्न झापाको भद्रपुर र मेचीनगर नगरपालिकामा  ४५ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ ।
  • भद्रपुर–८ स्थित कलवलगुढी प्रशिक्षण केन्द्रमा ३२ श्ययाको क्वारेन्टाइन निर्माण भइसकेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिनुभयो ।

झापा। कोभिड–१९ सङ्क्रमणको आशङ्का भएका व्यक्तिलाई राख्न झापाको भद्रपुर र मेचीनगर नगरपालिकामा  ४५ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । भद्रपुर–८ स्थित कलवलगुढी प्रशिक्षण केन्द्रमा ३२ श्ययाको क्वारेन्टाइन निर्माण भइसकेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिनुभयो । सो भाइरसको आशङ्का लागेकाको स्वाब परीक्षणका लागि काठमाडौँको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाउने र १४ दिनसम्म क्वारेन्टाइनमा राखिने जनाइएको छ ।

त्यसैगरी मेचीनगर नगरपालिका–११ धाइजनमा रहेको नवनिर्मित स्वास्थ्य चौकीमा २० श्यया भएको क्वारेन्टाइन निर्माण गरिसकेको छ । दुईतले भवनमा नेपाल रेडक्रस सोसाइटी  शाखाले २० श्यया, कमल र खाना पकाउनका लागि चाहिने भाँडाकँुडाको व्यवस्था गरिदिएको नगरकी उपप्रमुख मीना उप्रेतीले जानकारी दिइन्। “तत्काल कसैलाई कोभिड–१९ को शङ्का लागेमा बस्न सक्ने गरी २० श्ययाको क्वारेन्टाइन निर्माण गरिसक्यौँ,” उनले भनिन्, “थप २५ वटा बनाउने तयारीमा छौँ ।” पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्नेलाई सोही स्थानमा रहेको सहायता कक्ष ‘हेल्थ डेक्स’मा जाँच गर्दा उच्च ज्वरो आएको भेटिएमा सो क्वारेन्टाइनमा ल्याएर राखिने उनले बताइन्।

मेची अञ्चल अस्पताल भद्रपुरमा आठ श्यया भएको आइसोलेशन कक्ष तयार गरिएको छ । आइसोलेशन कक्षका लागि चाहिने सम्पूर्ण स्वास्थ्य उपकरणसहित सामान खरिद गरी अस्पताल तयारी अवस्थामा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पिताम्बर ठाकुरले जानकारी दिए। उनका अनुसार सो कक्षमा प्रवेश गर्नका लागि अन्य सेवाग्राहीलाई भने बन्देज लगाइएको छ।

त्यसैगरी मेचीनगर नगरपालिकाले धुलाबारीस्थित स्वास्थ्य केन्द्रमा आइसोलेशन कक्ष तयारी गरिरहेको छ । अस्पतालको बर्थिङ सेन्टरलाई बन्द गरेर सो कक्षमा आइसोलेशन तयार गर्न लागिएको नगरकी उपप्रमुख मीना उप्रेतीले बताइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेनाको हेलिकप्टर दुई दिनदेखि बाटोमै, घाइतेको बिजोग
सेनाको हेलिकप्टर दुई दिनदेखि बाटोमै, घाइतेको बिजोग
डडेल्धुरा बस दुर्घटना:  १० जनाको सनाखत
डडेल्धुरा बस दुर्घटना: १० जनाको सनाखत
अर्को हप्ता अमेरिकाका लागि अझै चुनौतीपूर्ण : ट्रम्प
अर्को हप्ता अमेरिकाका लागि अझै चुनौतीपूर्ण : ट्रम्प
तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले दाेब्बर बढी मतले अगाडि
तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले दाेब्बर बढी मतले अगाडि
खुलामञ्च कब्जा, रातारात सटर बनाएर भाडामा
खुलामञ्च कब्जा, रातारात सटर बनाएर भाडामा
गाउँमा रमाउँदै कांग्रेस, दलितलाई ब्राम्हणको घरमा भित्राइँदै, मठमन्दिरमा सामूहिक पूजाआजा
गाउँमा रमाउँदै कांग्रेस, दलितलाई ब्राम्हणको घरमा भित्राइँदै, मठमन्दिरमा सामूहिक पूजाआजा
एमाले जनतालाई भगवान मान्छ, जनता न्यायाधीश पनि हुन् : कृष्णगोपाल श्रेष्ठ
एमाले जनतालाई भगवान मान्छ, जनता न्यायाधीश पनि हुन् : कृष्णगोपाल श्रेष्ठ
नेपाल भर्सेस यमन- 04:11 बजे सम्मको अपडेट
नेपाल भर्सेस यमन- 04:11 बजे सम्मको अपडेट
समय बुझ्न नसक्दा पराजय:चन्द्र भण्डारी कांग्रेस केन्द्रीय सदस्य
समय बुझ्न नसक्दा पराजय:चन्द्र भण्डारी कांग्रेस केन्द्रीय सदस्य
स्कारपियो चोर्ने सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार पक्राउ ।
स्कारपियो चोर्ने सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार पक्राउ ।

तपाईंले छुटाउनुभयो कि?