कस्मिरमा जवानको गोलीबाट मेजर थापाको मृत्यु
सारांश
- काठमाडौं— भारतीय भूमि कस्मिरमा जवानले गोली प्रहार गरी एक मेजरको हत्या गरिदिएका छन्।
- पाकिस्तानी सीमा क्षेत्र कस्मिरको उरीमा परिचालन भएको भारतीय सेनाका जवानले चलाएको गोलीबाट मेजर शिखर थापाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ।
- जवान कसाई पदमा रहेको सो पत्रिकाले उल्लेख गरेको छ।
काठमाडौं— भारतीय भूमि कस्मिरमा जवानले गोली प्रहार गरी एक मेजरको हत्या गरिदिएका छन्। पाकिस्तानी सीमा क्षेत्र कस्मिरको उरीमा परिचालन भएको भारतीय सेनाका जवानले चलाएको गोलीबाट मेजर शिखर थापाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ। जवान कसाई पदमा रहेको सो पत्रिकाले उल्लेख गरेको छ।
कस्मिरको बर्मुल्ला जिल्ला प्रहरीले घटनाको पुष्टि गरेको छ। सम्वेदनशील क्षेत्रमा मोबाइल फोनको प्रयोग नगर्न मेजरले आदेश दिएपछि जवानले प्रतिवाद गरेका थिए। मेजरले ठेलेपछि जवानले प्रतिवादमा गोली चलाएका हुन्।
पाकिस्तानसँगको सीमामा नेपाली नागरिक भर्ती हुने गोर्खा राइफल्स परिचालत छ। मृत्यु हुने थापा भारतीय नागरिक हुन् वा नेपाली हुन् खुल्न सकेको छैन।
गोर्खा रेजिमेन्टअन्तर्गत भारतीय सेनामा ३२ हजारभन्दा बढी नेपाली कार्यरत छन्।
प्रतिक्रिया