एसियाकै ठूलो झुपडीबस्तीमा कोरोना भाइरस भेटिनु ’जंगलको आगो सरह’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २१, २०७६
|
|
२५ पटक हेरिएको
Shares
एसियाकै ठूलो झुपडीबस्तीमा कोरोना भाइरस भेटिनु ’जंगलको आगो सरह’

सारांश

  • बीबीसी।
  • दुई वर्ग किलोमिटर क्षेत्रफल रहेको धारावी बस्तीमा १० लाखभन्दा बढी मानिस बस्छन्।
  • त्यहाँ देखिएको कोरोनाभाइरसको सङ्क्रमण जङ्गलमा आगो लागे सरह हुनसक्ने चिन्ता विज्ञको छ।

बीबीसी। दुई वर्ग किलोमिटर क्षेत्रफल रहेको धारावी बस्तीमा १० लाखभन्दा बढी मानिस बस्छन्। त्यहाँ देखिएको कोरोनाभाइरसको सङ्क्रमण जङ्गलमा आगो लागे सरह हुनसक्ने चिन्ता विज्ञको छ।

भारतमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेमा एकजना ५६ वर्षीय व्यक्ति पनि छन् जो एशियाको सबैभन्दा ठूलो झुपडीबस्ती धारावीका बासिन्दा हुन्।

त्यसपछि धारावीमा अर्का व्यक्तिमा भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ।

मुम्बई प्रशासनले सयौँ फ्ल्याट र पसलहरू बन्द गरिदिएका छन्। कैयौँ मानिसहरूलाई क्वारन्टीनमा पठाइएको छ।

यस्ता घटनाक्रमकाबीच उक्त इलाकामा खटिएका डाक्टरहरूको समूहमाथि हमला भएको खबर छ। प्रश्न उठेको छ, बाक्लो बसोबास रहेको धारावीमा कोरोनाभाइरसको सङ्क्रमण पुग्नुको अर्थ के हुन्छ?

मुम्बईको गरिबहरूको बस्तीमा सङ्क्रमित व्यक्ति भेटिएको पहिलो पटक होइन। यसअघि अर्को झुपडीबस्ती क्षेत्रमा पनि एक महिलामा सङ्क्रमण भएको पुष्टि भएको थियो।

त्यसपछि मुम्बईको वर्ली कोलिवाडी क्षेत्रलाई पनि घेराबन्दी गरिएको छ। महाराष्ट्र सरकारमा एक मन्त्री आदित्य ठाकरेले पनि ट्वीटरमार्फत् त्यसको जानकारी दिँएका छन्।

उनका अनुसार त्यस क्षेत्रमा पछिल्लो ७२ घन्टामा १९ जना सङ्क्रमित भेटिएका छन्।

राज्य सरकारले त्यस इलाकामा आवागमन गर्न प्रतिबन्ध घोषणा गरेको छ।

धारावीमा पसल चलाउने ती व्यक्तिको मृत्यु त्यसै दिन भयो जुन दिन उनी कोरोनाभाइरसबाट सङ्क्रमित रहेको पुष्टि भएको थियो। महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेले त्यसप्रति चिन्ता व्यक्त गरेका छन्।

उनले भनेका छन्, “अहिलेसम्म सङ्क्रमण एउटा वर्ग विशेषमा सीमित थियो। यो आम मानिसमा फैलिनु हुँदैन थियो। हाम्रो प्रयासको उद्देश्य पनि त्यही थियो। तर धारावी जस्ता घना बस्तीमा सङ्क्रमण देखिनु चिन्ताको विषय हो।

मुम्बई प्रशासन मृतक र सङ्क्रमित महिला दुवैसँग सम्पर्कमा पुगेका मानिसहरू पत्ता लगाउने प्रयासमा छ।

तर निकै बाक्लो बसोबास रहेको त्यस बस्तीका मानिस एक दिनमा हजारौँ मानिसहरूसँगको सम्पर्कमा पुग्न सक्छन्। त्यसैले सरकारले ठूलो सङ्ख्यामा मानिसहरूलाई ’आइसोलेशन’ वा क्वारन्टीनमा राख्नुपर्ने देखिन्छ। भाइरस

सङ्क्रमणको परीक्षण पनि ठूलै मात्रामा गर्नुपर्छ। तर अहिलेसम्म भारत सरकारले देशभरी करिब ३८ हजार नमुनाको मात्र परीक्षण गर्न सकेको छ। धारावी त्यस्तो क्षेत्र हो जहाँ दुई वर्ग किलोमिटर क्षेत्रभित्र १० लाखभन्दा बढी मानिस बस्छन्।

भारतमा त्यति मानिसको बसोबास ११२ वर्ग किलोमीटर क्षेत्रफल रहेको बनारस, ११४ वर्ग किलोमीटरको चन्डीगढ, ८२ वर्ग किलोमीटरको इलाहाबाद, २८९ वर्ग किलोमीटरको ग्वालियर र १३३ वर्ग्किलोमिटर क्षेत्रफल रहेको गाजियाबाद जस्ता सहरमा छ।

बसोबासको सघनताका कारण धारावीलाई भारतको मात्र नभइ एशियाकै सबैभन्दा ठूलो झुपडीबस्ती भनिन्छ। त्यहाँ सानो क्षेत्रफलमा बनेका फ्लाटमा कैयौँ हजार मानिस बस्छन्। धेरैले एकै ठाउँमा नुहाउँछन्। लकडाउनका बेला मानिसहरूले साँघुरो क्षेत्रमा समय बिताइरहेका छन्।

इबोला जस्तो सङ्क्रामक रोगको रोकथाममा सक्रिय डा. कृतिका कपाल्ली पनि धारावीको अवस्थालाई लिएर चिन्तित देखिन्छन्।

स्ट्यान्फोर्ड विश्वविद्यालयको सङ्क्रामक रोग विभागकी डा. कपाल्लीले ट्वीट गरेकी छिन्, “भारतको ठूलो बस्ती र धारावी जस्तो स्लममा बस्ने ठूलो जनसङ्ख्याका कारण कोभिड(१९ जङ्गलको आगो जस्तै फैलिन सक्ने र अकल्पनीय ढङ्गले मृत्यु र विनाश निम्त्याउन सक्ने चिन्ता जायज हो।“

उनले सङ्क्रामक रोग घना बस्तीमै बढी फैलिन सक्ने र विश्वभरी नै गरिबहरूको बस्ती तथा शरणार्थी शिविरलाई लिएर चिन्ता रहेको बीबीसीलाई बताइन्।
कोरोनाभाइरसको सबैभन्दा बढी मार बेहोरिरहेका देश इटलीको लोम्बार्डी र अमेरिककाको न्यूयोर्कमा सबैभन्दा बढी सङ्क्रमित भेटिएका छन्।

लोम्बार्डीमा छ हजार पाँच सय र न्यूयोर्कमा १३ सय ५० भन्दा बढी मानिसको ज्यान गइसकेको छ।

स्ट्यान्फोर्ड विश्वविद्यालयमा महामारीको अध्ययन गर्ने डा. स्टीभन गुडम्यान यस्तो परिस्थितिमा बाक्लो बस्तीले नै एउटा शत्रुको रूप लिन सक्ने ठान्छन्।

न्यूयोर्क टाइम्समा उनी लेख्छन्, “यस्तो अवस्थामा बाक्लो बस्ती खतरनाक बन्न सक्छन्। त्यस्ता इलाकामा धेरै मानिसहरूले एकै समयमा एकअर्कासँग भेटघाट गरिरहेका हुन्छन्। त्यहाँ भाइरस सङ्क्रमण सबैभन्दा तीब्र गतिमा फैलिन्छ।“

त्यो कुरा धारावीमा पनि लागु भइरहेको देखिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यो सरकारले एसपिपी सम्झौता गर्दैन, ओली सरकारका पालामा कार्यान्वयन गर्ने काम भयो :  प्रचण्ड
यो सरकारले एसपिपी सम्झौता गर्दैन, ओली सरकारका पालामा कार्यान्वयन गर्ने काम भयो : प्रचण्ड
Process For Increasing International Dating Sites
राष्ट्रियसभामा वाम गठबन्धन ३६, कांग्रेस १३ सिट
राष्ट्रियसभामा वाम गठबन्धन ३६, कांग्रेस १३ सिट
नेपालको शानदार जित, एमसिसि ९ विकेटले पराजित
नेपालको शानदार जित, एमसिसि ९ विकेटले पराजित
सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
विप्वल समूहसँग वार्ताको पहल भइरहेको छ : गृहमन्त्री
विप्वल समूहसँग वार्ताको पहल भइरहेको छ : गृहमन्त्री
खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् : रास्वपा सभापति लामिछाने
खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् : रास्वपा सभापति लामिछाने
बेलायतमा भारतीय मुलकी प्रीति गृहमन्त्री, पाकिस्तानी मुलका साजिद अर्थमन्त्री नियुक्त
बेलायतमा भारतीय मुलकी प्रीति गृहमन्त्री, पाकिस्तानी मुलका साजिद अर्थमन्त्री नियुक्त
पाकिस्तानको जोर चलेन भारत विरुद्ध, विश्वकपमा भारतको अपराजित यात्रा
पाकिस्तानको जोर चलेन भारत विरुद्ध, विश्वकपमा भारतको अपराजित यात्रा

तपाईंले छुटाउनुभयो कि?