नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ४, २०७४
|
|
२० पटक हेरिएको
Shares
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…

सारांश

  • श्रावण ४, २०७४- आइतबारदेखि पुन: सुरु भएको फोटोसहितको नामावलीको दर्ताका लागि निर्वाचन कार्यालयले छिटो काम गर्न नसकेको गुनासो मतदाताको छ ।
  • नाम दर्ता गर्न घण्टौं बस्न परेपछि आºना काम छुट्ने मंगलबार निर्वाचन कार्यालयमा भेला भएकाहरूले बताए ।
  • फोटो खिचाउन पालो कुर्दै गरेकी रामवजारकी विमला थापामगर भन्छिन्, ‘तीन घण्टा लागेर फारम भरियो, फोटो खिच्न बाँकी छ ।

श्रावण ४, २०७४- आइतबारदेखि पुन: सुरु भएको फोटोसहितको नामावलीको दर्ताका लागि निर्वाचन कार्यालयले छिटो काम गर्न नसकेको गुनासो मतदाताको छ । नाम दर्ता गर्न घण्टौं बस्न परेपछि आºना काम छुट्ने मंगलबार निर्वाचन कार्यालयमा भेला भएकाहरूले बताए ।
फोटो खिचाउन पालो कुर्दै गरेकी रामवजारकी विमला थापामगर भन्छिन्, ‘तीन घण्टा लागेर फारम भरियो, फोटो खिच्न बाँकी छ । साह्रै ढिलो गर्ने ।’ पोखरा महानगरको बजार क्षेत्रभन्दा बाहिरका बासिन्दालाई ढिला हँुदा मर्का पर्ने उनले बताइन । ‘अरू ठाउँ बसेका मान्छे समय मिलाएर आएका हुन्छन्, उनीहरूलाई सास्ती रैछ,’ उनले भनिन्, ‘निर्वाचन कार्यालयले बरु धेरै जना राखेर छिटो छरितो काम मिलाउनुपर्छ ।’
मादी गाउँपालिकाकी सुब्बा गुरुङ निर्वाचन कार्यालयले गाउँ र नगरका वडा तहमा वडाध्यक्षसँग समन्वय गरी टोली खटाए मतदातालाई सजिलो हुने बताउँछन् । ‘चुनावको महत्त्व बुझ्नेले पालो पर्खेर पनि फोटो खिचाउँछन्,’ उनले भने, ‘पालो पर्खिने हैरानी हुने हो भने मान्छेलाई खिचाएर, भोट दिएर के नै पो पाइन्छ भन्ने लाग्न सक्छ ।’

निर्वाचनले टोली खटाएर मतदातालाई पायक पर्ने स्थानमा सेवा दिनुपर्ने भनाइ उनको छ । ‘इन्टरनेटको जमाना छ, अनलाइन फारम भराउन पनि सकिन्छ होला,’ उनले भने, ‘बरु त्यसरी भरेका फारम पछि वडामा भेरिफिकेसन गर्ने व्यवस्था मिलाए पनि हुने ।

हाम्रो सिस्टम अझै पुरानै पाराको छ ।’ नाम दर्ता गर्न आएका स्याङजाका जीवन गिरीले मतदाताका नयाँ र पुराना ठेगाना हुन्छन्, त्यसलाई पनि सच्याउने प्रणाली छिटोछरितो हुनुपर्ने बताए । क्षेत्रीय निर्वाचन कार्यालय कास्कीका प्रमुख गंगालाल सुवेदीले आइतवार र सोमबारका दुई दिनमा पोखरामा ४ सय ८१ जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएको बताए । ‘हामीले पहिलो दिन चार र मंगलबारदेखि छवटा युनिटमार्फत नाम दर्ताको व्यवस्था गरेका छौं ।’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?