बाँकेका सबै मतदानस्थलमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०७४
|
|
१८ पटक हेरिएको
Shares
बाँकेका सबै मतदानस्थलमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगे

सारांश

  • बाँके, मंसिर १९–प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न गराउन कर्मचारी र सुरक्षाकर्मी सहितको टोली मतपत्र, मतपेटीका, मतदाता परिचयपत्र लगायतका ६४ किसिमका निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।
  • सोमबार बेलुका मतदान केन्द्र पुगेर मङ्गलबार बिहानबाट मतदान स्थल निर्माणका लागि आवश्यक तयारी गर्ने कार्यतालिका रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख बसन्तराज अधिकारीले जानकारी दिनुभयो ।
  • दुई लाख ७६ हजार ६ सय १८ मतदाता रहेको बाँकेमा १ सय ३६ मतदान केन्द्र , ३ सय २७ मतदान स्थल रहेका छन् ।

बाँके, मंसिर १९–प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न गराउन कर्मचारी र सुरक्षाकर्मी सहितको टोली मतपत्र, मतपेटीका, मतदाता परिचयपत्र लगायतका ६४ किसिमका निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।

सोमबार बेलुका मतदान केन्द्र पुगेर मङ्गलबार बिहानबाट मतदान स्थल निर्माणका लागि आवश्यक तयारी गर्ने कार्यतालिका रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख बसन्तराज अधिकारीले जानकारी दिनुभयो ।

दुई लाख ७६ हजार ६ सय १८ मतदाता रहेको बाँकेमा १ सय ३६ मतदान केन्द्र , ३ सय २७ मतदान स्थल रहेका छन् । चुनाव सम्पन्न गराउनका लागि झण्डै २ हजार ६ सय १६ जना कर्मचारीसहित ठुलो संख्यामा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?