प्रधानमन्त्री ओली क्रुद्धः ३ जना नेताको पद धरापमा
सारांश
- काठमाडौं ।
- विगतमा सरकारले काम गर्दा भए, गरेका केही त्रुटि र कमजोरीका बारेमा प्रधानमन्त्री केपी ओलीले पार्टीमा उत्पन्न विवाद र सरकारको आलोचनाका विषयमा उठाइएको सवालमा ’’मिलाएर जाने’’ भनी गरेको ’’आत्मालोचना’’लाई नेकपा सचिवालय र बाहिराका केही नेताले प्रधानमन्त्रीको कमजोरीको रुपमा बुझेर गुटबन्दी गर्ने, षडयन्त्र गर्ने कार्य भएको भन्दै अब डटेर प्रतिवाद गर्ने सोंच बनाएको बालुवाटार निकट स्रोतले बताएको छ ।
- ’’पार्टीमा प्रवक्ता छ, पार्टी अध्यक्षको विरुद्ध गुटको भेलाको आयोजना गर्छ, त्यसले फेरि म प्रवक्ता भनेर अनैतिकता देखाउन पनि छाड्दैन, संसदमा प्रमुख सचेतक छ उसले संसदीय दलको प्रमुख नेताको विरुद्ध गुटबन्दी गर्दै हिंड्छ, गुटकै भेला गर्छ ।
काठमाडौं । विगतमा सरकारले काम गर्दा भए, गरेका केही त्रुटि र कमजोरीका बारेमा प्रधानमन्त्री केपी ओलीले पार्टीमा उत्पन्न विवाद र सरकारको आलोचनाका विषयमा उठाइएको सवालमा ’’मिलाएर जाने’’ भनी गरेको ’’आत्मालोचना’’लाई नेकपा सचिवालय र बाहिराका केही नेताले प्रधानमन्त्रीको कमजोरीको रुपमा बुझेर गुटबन्दी गर्ने, षडयन्त्र गर्ने कार्य भएको भन्दै अब डटेर प्रतिवाद गर्ने सोंच बनाएको बालुवाटार निकट स्रोतले बताएको छ ।
’’पार्टीमा प्रवक्ता छ, पार्टी अध्यक्षको विरुद्ध गुटको भेलाको आयोजना गर्छ, त्यसले फेरि म प्रवक्ता भनेर अनैतिकता देखाउन पनि छाड्दैन, संसदमा प्रमुख सचेतक छ उसले संसदीय दलको प्रमुख नेताको विरुद्ध गुटबन्दी गर्दै हिंड्छ, गुटकै भेला गर्छ ।’’
’’वातावरणलाइ उत्तेजित बनाउन मलजल गर्छ, तर पदबाट राजीनामा गर्दैन, मन्त्रीमण्डलमा बस्छ, मेरो प्रधानमन्त्रीसँग अध्यादेशमा असहमति भयो’’ भनेर भन्दै हिंड्छ, आफ्ना निकटका पत्रिकामा लेखाउँछ, अनि पार्टी अध्यक्ष, प्रधानमन्त्री भनेर लुरुलुरु तिनको दास भएर, कामदार भएर प्रधानमन्त्री र पार्टी अध्यक्ष कसरी चल्छ ?’’
पार्टीमा एकताको हात मिलाएर अघि बढ्न प्रम ओली तयार रहेको बताइन्छ । तर, पार्टी प्रणालीमा चलाउन र अनुशासन कायम गर्नका लागि चाहिं विशेष निर्णय गर्न बाध्य हुने अवस्थामा प्रधानमन्त्री पुगेको स्रोत बताउछ ।
स्रोतका अनुसार, अब पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतकबाट देव गुरूङ्ग र मन्त्री पदबाट वर्षमान पुनलाई हटाएर बरु अध्यक्ष प्रचण्डले भनेकै मान्छे ल्याउने । तर, नेतृत्वको विरोधमा ढ्याँग्रो ठोक्दै हिंड्नेहरूलाई चाहिं हटाउने बारेमा प्रधानमन्त्री केपी ओली विशेष छलफलमा रहेको नेकपाका एक नेताले बताए । साँघुबाट
प्रतिक्रिया