संक्रमित बालिका त्रिवि अस्पतालमै आइसोलेशनमा, सेवा निरन्तर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १, २०७७
|
|
२४ पटक हेरिएको
Shares
संक्रमित बालिका त्रिवि अस्पतालमै आइसोलेशनमा, सेवा निरन्तर

सारांश

  • कोरोना भाइरसको संक्रमण पुष्टि भएकी ६ वर्षकी बालिकालाई गणेशमान भवनको आइसोलेशन वार्डमा सारिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
  • घाँटीको उपचारका लागि आएकी बुटवलकी ६ वर्षकी बालिकामा बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
  • त्यसपछि उनलाई आइसोलेशनमा सारिएको त्रिवि अस्पतालका कार्यकारी निर्देशक प्रा.

कोरोना भाइरसको संक्रमण पुष्टि भएकी ६ वर्षकी बालिकालाई गणेशमान भवनको आइसोलेशन वार्डमा सारिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । घाँटीको उपचारका लागि आएकी बुटवलकी ६ वर्षकी बालिकामा बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई आइसोलेशनमा सारिएको त्रिवि अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् । डा. खड्गाका अनुसार संक्रमण पुष्टि भएकी बिरामी वैशाख ३० गते न्यूरो सर्जरी वार्डको बेड नम्बर ५० मा भर्ना भएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?