कोरोनाका कारण हिजो ज्यान गुमाएकी महिलाकी शिशुको अवस्था कस्तो छ ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ४, २०७७
|
|
५७ पटक हेरिएको
Shares
कोरोनाका कारण हिजो ज्यान गुमाएकी महिलाकी शिशुको अवस्था कस्तो छ ?

सारांश

  • कोरोना भाइरसका कारण हिजो मृत्यु भएकी महिलाको १२ दिने शिशुको स्वास्थ्य सामान्य रहेको छ ।
  • धुलिखेल अस्पतालमा राखिएका शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको आफन्तले बताए ।
  • शिशुलाई अहिले अस्पतालमै आइसोलेसनमा राखिएको छ ।

कोरोना भाइरसका कारण हिजो मृत्यु भएकी महिलाको १२ दिने शिशुको स्वास्थ्य सामान्य रहेको छ । धुलिखेल अस्पतालमा राखिएका शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको आफन्तले बताए । शिशुलाई अहिले अस्पतालमै आइसोलेसनमा राखिएको छ । शिशुलाई अहिले हजुरआमाले ल्याक्टोजिन खुवाइरहेकी छन् । अस्पतालमा मृतककी आमा, सानीआमा र उनका बुबाले शिशुको हेरचाह गरिरहेको आफन्त राजकुमार लामिछानेले बताए ।

शिशुसहित उनीहरु सबैजना अस्पतालको आइसोलेसनमा एउटै कोठामा बसेका छन् । चारैजनाको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको छ भने परीक्षणको रिपोर्ट आउने क्रममा छ । कोरोना परीक्षण रिपोर्ट प्राप्त भएपछि शिशुको थप स्वास्थ्य साबधानी कसरी अपनाउने भन्ने टुंगो लगाइने चिकित्सकहरुको तयारी छ।

सिन्धुपाल्चोकको बाह्रविसे–९, राम्चेकी सुत्केरी महिलाको हिजो धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । उनी नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुने पहिलो नेपाली हुन् । गत वैशाख २४ गते ती महिलाले काठमाडौँको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंगलवार ३११ जना कोरोना संक्रमित थपिए
मंगलवार ३११ जना कोरोना संक्रमित थपिए
उम्मेदवार टुंगो लगाउन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
उम्मेदवार टुंगो लगाउन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान भर्दै नेपाल वायुसेवा निगम
रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान भर्दै नेपाल वायुसेवा निगम
उपेन्द्र यादव केपी ओलीसँग फायर, लगाए यस्ता गम्भिर आरोप
उपेन्द्र यादव केपी ओलीसँग फायर, लगाए यस्ता गम्भिर आरोप
दल विभाजन अध्यादेश ल्याउने ओलीको चाहनामा देउवाको अवरोध
दल विभाजन अध्यादेश ल्याउने ओलीको चाहनामा देउवाको अवरोध
सरकारको विरोधमा माइतीघरमा लाग्यो यस्तो नारा, दुई पूर्वप्रधानन्यायाधीश पनि जुलुसमा
सरकारको विरोधमा माइतीघरमा लाग्यो यस्तो नारा, दुई पूर्वप्रधानन्यायाधीश पनि जुलुसमा
चर्चामा पानीजहाज : केपी ओलीको सपना पुरा गरिन् शितल शर्माले (भिडियोसहित)
चर्चामा पानीजहाज : केपी ओलीको सपना पुरा गरिन् शितल शर्माले (भिडियोसहित)
इलाममा अागाे लाग्दा कराेडाैँकाे क्षति, घटनास्थलसम्म पुग्न सकेन दमकल !
इलाममा अागाे लाग्दा कराेडाैँकाे क्षति, घटनास्थलसम्म पुग्न सकेन दमकल !
कनकाइको बजेट रु चालिस करोड
कनकाइको बजेट रु चालिस करोड
झलनाथ खनालसँग सँग विवेकशिलबाट २७ बर्षे युवा प्रतिस्पर्धा गर्न
झलनाथ खनालसँग सँग विवेकशिलबाट २७ बर्षे युवा प्रतिस्पर्धा गर्न