नेकपाको सचिवालय बैठक जारी, २ मन्त्री सहित भीम रावल पनि सहभागि
सारांश
- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले चलिरहेको छ ।
- बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा.
- युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीम रावल पनि सहभागी छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले चलिरहेको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीम रावल पनि सहभागी छन् । एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन तथा गर्नुपर्ने निर्णयमा छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
पार्टीका दुवै अध्यक्ष र सबै सदस्यहरूको उपस्थितिमा छलफल भइरहेको उनले उल्लेख गरेका छन्। नेकपामा यथास्थितिमा एमसीसी पारित गर्न नहुने आवाज बुलन्द भइरहेका बेला त्यसबारे निर्णय लिन पार्टीले बैठक डाकेको हो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया