निजी सवारी चल्न दिइने गरी लकडाउन खुकुलो बनाइदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १९, २०७७
|
|
५८ पटक हेरिएको
Shares
निजी सवारी चल्न दिइने गरी लकडाउन खुकुलो बनाइदै

सारांश

  • सरकारले लकडाउन खुकुलो बनाउँदै लाने तयारी गरेको छ ।
  • ३२ जेठसम्म लकडाउनको निर्णय आइसकेपनि मोडालिटी बनाइँदैछ जसमा अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी भएको छ ।
  • विश्वस्त स्रोतका अनुसार अब निजी सवारी साधन चल्न दिइनेछ ।

सरकारले लकडाउन खुकुलो बनाउँदै लाने तयारी गरेको छ । ३२ जेठसम्म लकडाउनको निर्णय आइसकेपनि मोडालिटी बनाइँदैछ जसमा अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी भएको छ ।

विश्वस्त स्रोतका अनुसार अब निजी सवारी साधन चल्न दिइनेछ । त्यसका लागि निश्चित समय तोकेर निश्चित व्यक्ति मात्र कामको सिलसिलामा आवतजावत गर्न पाउनेछन् । दुई पाङ्ग्रेमा एक र चार पाङ्ग्रेमा दुईजना मात्र यात्रा गर्न सक्ने गरी खोल्ने तयारी भएको हो । यो मोडालिटी २० जेठबाट गर्ने कि १ असारबाट गर्ने टुंगो भने लगाइएको छैन । तर, आवतजावत कोरोना भाइरसको संक्रमण कम फैलिएका र जोखिम कम भएका क्षेत्रलाई मात्र गर्न दिइनेछ ।

मोडालिटी अनुसार विभिन्न क्षेत्र तोकेर कोरोना भाइरसको कम या बढी जोखिम टुंगो लगाइनेछ । हिमाल, पहाड र तराईका जिल्लाहरुको कोरोना संक्रमण जोखिमको अवस्था हेरी लकडाउनमा आवतजावत गर्न दिने भएपनि कामबाहेक अनावश्यक पाइने छैन ।

भारतसँगको सिमामा भने कडाई गरिनेछ । २० वटा नाकाबाट मात्र आवतजावत गर्न पाइनेछ । तर, भारतबाट प्रवेश गरेपछि १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने हुन्छ । सिमानाकामा सेना परिचालन गरिनेछ । सेनाले नाकामा कोरोना रोकथामका लागि सहयोगी भुमिका निभाएर क्वारेन्टाइनको पनि व्यवस्थापन गर्नेछ ।

१६ असारसम्म हवाई सेवा बन्द नै रहनेछ । विस्तारै आन्तरिक हवाई सेवा सञ्चालनमा ल्याइनेछ । १ असारबाट शैक्षिक संघसंस्थाको पठनपाठन सुचारु हुनेछन् । विद्यालय तथा शैक्षिक संस्थाले अनलाइन या दुरशिक्षा प्रणालीबाट पठनपाठन गराउनेछन् । शिक्षा मन्त्रालयले दुरशिक्षा या अनलाइन शिक्षाको निर्दे्शिका बनाइसकिएकाले पठनपाठन गराउन आव्हान गरिसकेको छ ।

नयाँ मोडालिटी अनुसार सिनेमा हल, सपिङ मल, रेष्टुरेन्ट बारहरु भने जेठभर नै बन्द हुनेछन् । विस्तारै कोरोना भाइरसको शतर्कताका लागि नियमपूर्वक चल्न दिने मोडालिटी ल्याइने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१:४५ बजे बुटवल उपमहानगरपालिकाको अपडेट
१:४५ बजे बुटवल उपमहानगरपालिकाको अपडेट
छायाङ्कनदेखि नै चर्चामा रहेको रुपै मोहनीले बनायो यस्तो नयाँ रेकर्ड [भिडियोसहित]
छायाङ्कनदेखि नै चर्चामा रहेको रुपै मोहनीले बनायो यस्तो नयाँ रेकर्ड [भिडियोसहित]
चुनाव सकिएर पनि मतपरिणाम कुर्दै बस्नुपर्दा उमेदवारको अनुभूति
चुनाव सकिएर पनि मतपरिणाम कुर्दै बस्नुपर्दा उमेदवारको अनुभूति
ज्येष्ठ नागरिकको ज्ञान र अनुभव उपयोग गरिने : प्रधानमन्त्री दाहाल
ज्येष्ठ नागरिकको ज्ञान र अनुभव उपयोग गरिने : प्रधानमन्त्री दाहाल
मतदान सुरु हुने बित्तिकै काठमाडौँमा शक्तिशाली विस्फोट, मतदाता र सुरक्षाकर्मीको भागदौड
मतदान सुरु हुने बित्तिकै काठमाडौँमा शक्तिशाली विस्फोट, मतदाता र सुरक्षाकर्मीको भागदौड
सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौं : प्रधानमन्त्री
सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौं : प्रधानमन्त्री
गोली चलाऊन आदेश दिनेविरुद्ध उजूरी पर्दा तुरन्त जाइलाग्ने, विधार्थीलाई गोली हान्दा मतलव नहुने?
गोली चलाऊन आदेश दिनेविरुद्ध उजूरी पर्दा तुरन्त जाइलाग्ने, विधार्थीलाई गोली हान्दा मतलव नहुने?
साउदीमा मृत्युदण्डको फैसला सुनाइएका उमेशले खाना खाएका छैनन्…
बारा र रौतहटका पुल जीर्ण
बारा र रौतहटका पुल जीर्ण
अमेरिकामा गोली लागेर एकजना  नेपालीको मृत्यु एक घाइते
अमेरिकामा गोली लागेर एकजना नेपालीको मृत्यु एक घाइते