ट्याक्सी नचल्दा व्यवसायी र चालकको विजोग, राइड सेयरिङमा जान ट्याक्सीमाण्डुको आग्रह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १२, २०७७
|
|
३० पटक हेरिएको
Shares
ट्याक्सी नचल्दा व्यवसायी र चालकको विजोग, राइड सेयरिङमा जान ट्याक्सीमाण्डुको आग्रह

सारांश

  • कोरोनाको संक्रमण विश्वव्यापीरुपमा फैलिएपछि त्यसको असर नेपालमा पनि देखा पर्यो ।
  • त्यसैले सरकारले संक्रमण फैलन नदिन चैत ११ गतेदेखि नेपालमा लकडाउन गरियो ।
  • लकडाउनसँगै हरेक क्षेत्र ठप्प बन्दा त्यसको असर ट्याक्सी व्यवसायमा पनि पर्यो ।

कोरोनाको संक्रमण विश्वव्यापीरुपमा फैलिएपछि त्यसको असर नेपालमा पनि देखा पर्यो । त्यसैले सरकारले संक्रमण फैलन नदिन चैत ११ गतेदेखि नेपालमा लकडाउन गरियो । लकडाउनसँगै हरेक क्षेत्र ठप्प बन्दा त्यसको असर ट्याक्सी व्यवसायमा पनि पर्यो । लकडाउनका कारण ट्याक्सी चलाउन नपाएपछि काठमाडौँ उपत्यकामा हजारौ ट्याक्सी चालक तथा व्यवसायी मारमा परेका छन् ।

सार्वजनिक सवारी कसरी सञ्चालनमा ल्याउने भन्ने अझै टुंगो नलागेका कारण ट्याक्सी लगायतका सार्वजनिक सवारी कहिलेबाट सुचारु हुन्छ अझै निश्चित भएको छैन । यस्तो अवस्थाका कारण ३ महिनादेखि बेरोजगार बनेका व्यवसायी तथा चालक रुनु न हाँस्नुको अवस्थामा पुगेका छन् । दैनिक ट्याक्सी चलाएर बिहान बेलुकाको गर्जो टार्दै आएका ट्याक्सी चालक अहिले खानै धौ धौ पर्ने अवस्थामा पुगेको चावहिल जक्सन बनाएर ट्याक्सी चलाउँदै आएका शहदेव चापागाईले बताए ।

१ वर्ष अघि बैंकबाट किस्तामा ३ वटा ट्याक्सी लिएर चालक राखेर व्यवसाय गर्दै आएका ललितपुर, भैसेपाटीका सुरजलाल डंगोलको छटपटी पनि उस्तै छ । ट्याक्सी नै चलाउन नपाएपछि कसरी मासिक किस्ता तिर्ने भन्ने चिन्ताले आफ्नो टाउको खाइसकेको उनले बताए । आक्रोशित हुँदै डंगोल भन्छन् ‘उता बैंकले किस्ता बुझाउन आउ भनेर बोलाएको बोलाई छ, यता सरकार हाम्रो पीरमर्का थाहै नपाएको जस्तो गरेर बसेको छ ।’

६ महिना अघि किस्तामै ट्याक्सी लिएर आफै चलाउँदै आएका सुकेधाराका विजय प्रसाद पण्डितलाई पनि बेकारमा ट्याक्सीमा हात हालेछु जस्तो लागेको छ । ट्याक्सी व्यवसायी तथा चालकलाई सहयोग पुग्ने गरी केही कार्यक्रम वा राहत आउला की भन्ने आशामा रहेका पण्डित अहिलेसम्म केही व्यवस्था नहुँदा निराश हुँदै भन्छन् ‘यसो मिलाएर सुरक्षित तरिकाले चलाउन दिए पनि बैंकको किस्ता तिर्न अलिकति भएनी सुविस्ता हुन्थ्यो ।’

यी काठमाडौँ उपत्यकाका ट्याक्सी व्वयसायी तथा चालकका प्रतिनिधि आवाज हुन् । देशका अन्य क्षेत्रजस्तै लकडाउन पछि यो व्यवसाय पनि साच्चिकै मारमा परेको छ । रोजीरोटी गुमेको छ नै, बंैकबाट ऋण लिएर ट्याक्सी किनेकाहरु किस्ता तिर्न नसक्दा ब्याजमाथि ब्याज थपिएर थप मारमा परेका छन् । अधिकांसको माग छ, सुरक्षित तरिकाले हामीलाई ट्याक्सी चलाउन दिनु पर्छ । जोर विजोर संख्याको आधारमा नीजि सवारी चल्न दिएको तर ट्याक्सी चलाउन नदिएको प्रति आक्रोश पोख्दै ट्याक्सी चालक समिपचन्द्र भट्टराई प्रश्न गर्छन् ‘नीजि सवारी चाहिँ सुरक्षित भनेर चलाउन दिदा हुने तर ट्याक्सी चाँही असुरक्षित हुने, बुझिनसक्नु छ प्रभु  ‘

असार १ गतेदेखि लकडाउनका मोडालिटी परिवर्तन भई धेरै व्यवसाय र कार्यालय सञ्चालन हुन थालेको तर सार्वजनिक सवारी नहुँदा आफ्नै सवारी नहुनेलाई अहिले व्यवसाय चलाउन र कार्यालयसम्म पुग्न निकै गाह्रो भइरहेको छ । यस्तो अवस्थामा अहिले राइड सेयरिङको चर्चा हुन थालेको छ । एप्समार्फत ट्याक्सी बुकिङको सेवा दिदै आइरहेका केही कम्पनीले राइड सेयरिङमार्फत यात्रुलाई सुरक्षितरुपमा सेवा दिन सकिने विकल्प अघि सारेका छन् ।

सुरक्षित सेवा दिन हामी सक्षम छौः ट्याक्सीमाण्डु


सरकारले अनुमति दिएको खण्डमा सुरक्षितरुपमा यात्रुलाई सेवा दिन आफुहरु सक्षम रहेको ट्याक्सी बुकिङ एप ट्याक्सीमाण्डुका प्रवन्ध निर्देशक अर्जुन केसीले दावी गरे । विश्व स्वास्थ्य संगठनले दिएको सुझाव र कोरोनाबाट जोगिन गर्नु पर्ने सबै होसियारी ट्याक्सीमा अपनाउन सकिने भएकाले ठूला सार्वजनिक सवारीभन्दा ट्याक्सी उपयुक्त हुने तर्क केसी गर्छन् । अहिलेको अवस्थामा ठूला सवारी साधानबाट यात्रा गर्दा कोही संक्रमित भइहालेमा कन्ट्रयाक्ट ट्रेसिङको समस्या हुन सक्ने तर राइड सेयरिङ एप वा अनलाई बुकिङ बाट यात्रा गरेको सम्पुर्ण यात्रु तथा चालकको विवरण आफुसँग हुने भएकाले संक्रमण फैलिहाले सजिलै ट्रेसिङ गर्न सकिने केसीको भनाइ छ । त्यसैले पनि सरकारले समस्यामा परेका ट्याक्सी व्यवसायीलाई सुरक्षित हिसावले ट्याक्सी सञ्चालन गर्न दिन आग्रह गर्दै केसीले भने ‘सरकारले तोकेका सुरक्षाका सबै मापदण्ड पुरा गर्न तयार छौँ ।’   अहिले बिहान बेलुका कार्यालय जानेहरुले सार्वजनिक सवारी नहुँदा भोगिरहेको समस्या आफुले देखिरहेको भन्दै सुलभ दरमा अफिस जाने आउने कर्मचारीलाई ट्याक्सीमाण्डुसँग आवद्ध ट्याक्सीमार्फत पिकअप र ड्रपको सेवा दिन पनि तयार रहेको केसीले बताए । कोरोनाको प्रभाव कहिले अन्त्य हुन्छ भन्ने निश्चित नभएको अवस्थामा लामो समय व्यवसाय नै ठप्प पार्नु भन्दा अर्थतन्त्र चलायमान बनाउनु उचित हुने भन्दै केसी भन्छन् ‘हामी सुरक्षाका सम्पुर्ण मापदण्ड पुरा गरेर ट्याक्सी सञ्चालन गर्न तयार छौ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अख्तियारकाे फन्दामा
केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अख्तियारकाे फन्दामा
मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीनजनाको मृत्यु
एउटै गीतमा १ सय ७५ पटक लुगा फेरिन् आलियाले !
एउटै गीतमा १ सय ७५ पटक लुगा फेरिन् आलियाले !
पाँचथरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ जना घाइते
पाँचथरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ जना घाइते
रजनीकान्तकाे ‘लालसलाम’ले भन्दा रवी तेजाकाे ‘इगल’काे कमायाे बढी
रजनीकान्तकाे ‘लालसलाम’ले भन्दा रवी तेजाकाे ‘इगल’काे कमायाे बढी
नवाजुद्दीन सिद्दीकी अव प्रसिद्ध लेखक !
नवाजुद्दीन सिद्दीकी अव प्रसिद्ध लेखक !
फोरमद्वारा चार नगरपालिका र तीन गाउँपालिकामा उम्मेदवार तय
फोरमद्वारा चार नगरपालिका र तीन गाउँपालिकामा उम्मेदवार तय
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !
सनक चढे विश्व सखाप हुने आणविक हतियार घातक : प्रम ओली
सनक चढे विश्व सखाप हुने आणविक हतियार घातक : प्रम ओली
नेपालको कृषि उत्पादन बढाउन सहकार्य गर्दै कतार
नेपालको कृषि उत्पादन बढाउन सहकार्य गर्दै कतार

तपाईंले छुटाउनुभयो कि?