राष्ट्रपति भण्डारीसँग एक घण्टाको भेटवार्तापछि प्रचण्ड बालुवाटार फर्किए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १८, २०७७
|
|
३७ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारीसँग एक घण्टाको भेटवार्तापछि प्रचण्ड बालुवाटार फर्किए

सारांश

  • काठमाडौं, १८ असार ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार फकिएका छन् ।
  • मन्त्रिपरिषदको आजको बैठकले संसदको बजेट अधिवेशन अन्त्यको लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गर्नेबित्तिकै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रभावित बनेको छ ।

काठमाडौं, १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार फकिएका छन् । मन्त्रिपरिषदको आजको बैठकले संसदको बजेट अधिवेशन अन्त्यको लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गर्नेबित्तिकै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रभावित बनेको छ ।

राष्ट्रपति भेटन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थायी कमिटीको बैठक सुचारु गर्न कुरेर बसेका नेताहरुले केही समय कुरेका थिए । तर, ओली सिधै मन्त्रिपरिषद बैठक राख्न गएको थाहा पाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले स्थायी कमिटी बैठकमा उपस्थित् गृहमन्त्री रामबहादुर थापा बादल, वनमन्त्री शक्ति बहादुर बस्नेत र उर्जामन्त्री वर्षमान पुनलाई बुझ्न पठाउँदा मन्त्रिपरिषदको बैठक द्रुत गतिमा सम्पन्न गरि संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय भैसकेको थियो ।

सो कुरा थाहा पाएपछि दाहालले ओलीसँग भेटेका थिए । ओलीसँग भेट्दाभेट्दै राष्ट्रपति भण्डारीले आजै साँझ ५ बजेबाट संसदको अधिवेशन अन्त्य गरेको सुचना संघीय संसद सचिवालयलाई गराईसकेकी थिईन् । यही बीचमा ओलीले दल विभाजनसम्बन्धी यसअघि ल्याएको अध्यादेश पूनः ल्याउने संकेत पाएपछि दाहाल राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए । राष्ट्रपतिलाई भेटेर दाहाल स्थायी कमिटी बैठक जारी रहेको हलमा आईपुगेका छन् । अब बैठक सुचारु हुन्छ वा स्थगित् हुन्छ ? यकिन भएको छैन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?