नेकपाको फुट जोगाउन प्रचण्ड ओली गम्भीर छलफलमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १३, २०७७
|
|
३४ पटक हेरिएको
Shares
नेकपाको फुट जोगाउन प्रचण्ड ओली गम्भीर छलफलमा

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुग्दा सहमति खोज्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भइरहेको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सहमति निकाल्ने प्रयास भइरहेको छ ।
  • ओली र प्रचण्डबीचको भेटमा अर्का वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी छन् ।

नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुग्दा सहमति खोज्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सहमति निकाल्ने प्रयास भइरहेको छ ।

ओली र प्रचण्डबीचको भेटमा अर्का वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी छन् । तीनैजना नेताहरुले सहमतिको बटमलाइनबारे आ आफ्नो धारणा राखेर मन्थन गरिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

यसअघि अध्यक्ष ओलीले स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्ड असन्तुष्ट भएका थिए उनले बैठक बस्नुपर्ने जिकिर गर्दै स्थायी कमिटी सदस्यहरुलाई बालुवाटार नछाड्न भनेको बुभिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?