बालुवाटारमा प्रचण्डको ‘ब्रिफिङ’ लगत्तै वामदेवद्वारा ६ बुँदे प्रस्तावको व्याख्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १३, २०७७
|
|
२५ पटक हेरिएको
Shares
बालुवाटारमा प्रचण्डको ‘ब्रिफिङ’ लगत्तै वामदेवद्वारा ६ बुँदे प्रस्तावको व्याख्या

सारांश

  • काठमाडौं, १३ साउन ।
  • सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र यतिवेला आन्तरिक विवाद चुलिएको छ ।
  • अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसहित अन्य नेताहरुसँग परामर्श र सहमतिबिना एकलौटी रुपमा स्थायी कमिटीको बैठक स्थगित् गरेपछि विवाद झनै चर्किएको छ ।

काठमाडौं, १३ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र यतिवेला आन्तरिक विवाद चुलिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसहित अन्य नेताहरुसँग परामर्श र सहमतिबिना एकलौटी रुपमा स्थायी कमिटीको बैठक स्थगित् गरेपछि विवाद झनै चर्किएको छ ।

अध्यक्ष दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूहले ओलीको अनुपस्थितिबिनै बैठक सुचारु गर्ने तयारी गरिरहेको बेलामा दाहाल र बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । ओली भेटेर फर्किएपछि दाहालले बालुवाटारमा भेला भएका स्थायी कमिटी सदस्हरुलाई ब्रिफिङ गरेको एक नेताले जानकारी दिए ।

दाहालले ओलीबिनै सुरु गरे बैठक

दाहालले आफ्नो ब्रिफिङ सुनाएपछि उपाध्यक्ष वामदेव गौतमले भने पार्टीलाई विग्रहबाट जोगाउन अघि सारेको आफ्नो ६ बुँदे प्रस्तावको व्याख्या गरिरहेका छन् । यसअघि दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले स्थायी कमिटी बैठक सुरु भएको जनाएका थिए ।

ओली(दाहालसामू वामदेव गौतमले राखे यस्तो प्रस्ताव, ओलीलाई दुवै पदबाट हटाउन हुँदैन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?