अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २१, २०७७
|
|
३२ पटक हेरिएको
Shares
अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक

सारांश

  • कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ ।
  • गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको हो ।
  • मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने,“अत्यावश्यक कामका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाएर जाँदा प्रवेशमा कुनै समस्या छैनतर सामान्यरुपमा भेटघाट, गफगाफका लागि भने ध्यान दिनै पर्छ, त्यसमा रोक लगाएको हो ।

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको हो । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने,“अत्यावश्यक कामका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाएर जाँदा प्रवेशमा कुनै समस्या छैनतर सामान्यरुपमा भेटघाट, गफगाफका लागि भने ध्यान दिनै पर्छ, त्यसमा रोक लगाएको हो ।”

जोखिम नबढोस् भनेर ध्यान दिनुपर्ने भएकाले अत्यावश्यक कामबाहेकका लागि उक्त व्यवस्था लागू गरिएको उहाँले जानकारी दिनुभयो । भित्रबाट पास पठाएर प्रवेश अनुमति दिने कार्यमा पनि तत्कालका लागि रोक लगाइएको छ ।

अहिलेको जटिल परिस्थितिमा नागरिक आफैँले पनि सुरक्षा सावधानी अपनाउन र अत्यावश्यक काम नपरी बाहिर ननिस्किन तथा सिंहदरबार नआउनसमेत उनले अनुरोध गरेका छन् । प्रेस पास भएका पत्रकारलाई कुनै रोक नलगाइएको उनले प्रष्ट पारे । पछिल्लो समयमा काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढिरहेको छ । मङ्गलबार मात्रै उपत्यकामा ६२ जनामा कोभिड–१९ देखिएको छ ।

सङ्क्रमण बढेपछि उपत्यका प्रवेशमा थप कडाइ गरिएको र स्वास्थ्य मापदण्ड लागू नगर्ने व्यक्ति वा व्यावसायिक प्रतिष्ठानलाई कारवाही गर्न थालिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । उनले अटेर गर्नेलाई कैद सजाय गर्ने चेतावनीसमेत दिएका छन् । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कहिले आउला चीनबाट रेल !
कहिले आउला चीनबाट रेल !
देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि प्रचण्डको प्रतिक्रिया ‘सबै मिलेर देश बनाउँ ’
देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि प्रचण्डको प्रतिक्रिया ‘सबै मिलेर देश बनाउँ ’
भोलिदेखि नै लागू हुने गरी निजी सवारीसाधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने  
भोलिदेखि नै लागू हुने गरी निजी सवारीसाधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने  
विद्यालय सञ्चालन र कक्षा थप गर्न मेयरको संयोजकत्वमा समिति गठन
विद्यालय सञ्चालन र कक्षा थप गर्न मेयरको संयोजकत्वमा समिति गठन
जन्मदिन विशेषः ‘क्याप्टेन कूल’ पारसको ‘धोनीपथ’
जन्मदिन विशेषः ‘क्याप्टेन कूल’ पारसको ‘धोनीपथ’
आज सुनको मुल्य स्थिर, चाँदीको मुल्यमा बृद्धि
आज सुनको मुल्य स्थिर, चाँदीको मुल्यमा बृद्धि
नगरपालिकाका प्रमुख को सवार गाडीमा ढुंगामुढा
नगरपालिकाका प्रमुख को सवार गाडीमा ढुंगामुढा
​जनप्रदर्शनमा सहभागी हुन एमाले लगायत ११ राजनीतिक दलको आह्वान !!! आज बृहत् मोटरसाइकल -याली निकालियो…
​जनप्रदर्शनमा सहभागी हुन एमाले लगायत ११ राजनीतिक दलको आह्वान !!! आज बृहत् मोटरसाइकल -याली निकालियो…
‘स्टिङ अपरेशन’ गर्न दिएको घुस रकम हराएपछि…
‘स्टिङ अपरेशन’ गर्न दिएको घुस रकम हराएपछि…
एसिया कप क्रिकेटः भारत र पाकिस्तानकाे महाभिडन्त, कसले उचाल्ला उपाधि ?
एसिया कप क्रिकेटः भारत र पाकिस्तानकाे महाभिडन्त, कसले उचाल्ला उपाधि ?

तपाईंले छुटाउनुभयो कि?