बिहिवार काठमाडौँमा ८७ जनामा कोरोना संक्रमण देखियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २२, २०७७
|
|
१७ पटक हेरिएको
Shares
बिहिवार काठमाडौँमा ८७ जनामा कोरोना संक्रमण देखियो

सारांश

  • काठमाडौं उपत्यकामा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् ।
  • यो अहिलेसम्म उपत्यकामा एकैदिन थपिएको सर्वाधिक सख्या हो ।
  • उपत्यकामा संक्रमित थपिएसँगै सरकारले कोरोना रोकथामका लागि कडा कदम चाल्ने तयारी गरेको छ ।

काठमाडौं उपत्यकामा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्म उपत्यकामा एकैदिन थपिएको सर्वाधिक सख्या हो । उपत्यकामा संक्रमित थपिएसँगै सरकारले कोरोना रोकथामका लागि कडा कदम चाल्ने तयारी गरेको छ ।

सरकारले सवारीमा जोर विजोर प्रणाली लागु गरेपनि संक्रमितको सख्या उपत्यकामा निरन्तर बढिरहेको छ । योसँगै उपत्यकाको निश्चित स्थानमा निषेधाज्ञा जारी हुनसक्ने बुझिएको छ ।

आज थपिएका मध्ये काठमाडौंमा ७६ जना, ललितपुरमा १० जना र १ जना भक्तपुरका रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । आज ६ हजार ६ सय २२ जनाको पिसीआर जाँच गर्दा ३ सय ६० जनाको रिर्पोट पोजेटिभ आएको गौतमले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?