कोरोना महामारीका बीच ८ गुम्बा तथा विहारलाई नेपाल बौद्ध संघको सहयोग

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २६, २०७७
|
|
५१ पटक हेरिएको
Shares
कोरोना महामारीका बीच ८ गुम्बा तथा विहारलाई नेपाल बौद्ध संघको सहयोग

सारांश

  • कोरोना महामारीका कारण अहिले सम्पुर्ण विश्व नै आक्रान्त छ ।
  • विविध गतिविधि पूर्ववत अवस्थामा जस्तो नहुँदा अहिले धेरैतिर आर्थिक अभाव समेत देखिन थालेको छ ।
  • कोरोनाको असर धार्मिक क्षेत्रहरुमा समेत परेको छ ।

कोरोना महामारीका कारण अहिले सम्पुर्ण विश्व नै आक्रान्त छ । विविध गतिविधि पूर्ववत अवस्थामा जस्तो नहुँदा अहिले धेरैतिर आर्थिक अभाव समेत देखिन थालेको छ । कोरोनाको असर धार्मिक क्षेत्रहरुमा समेत परेको छ । कोरोनाका कारण लामो समयदेखि जारी लकडाउनको असर गुम्बा तथा विहारहरुमा पनि देखिन थालेको छ । यसै सन्दर्भमा नेपाल बौद्ध संघले काठमाडौँ र काभ्रेका ८ गुम्बा तथा विहारलाई आर्थिक सहयोग गरेको छ ।

दक्षिणकाली, काठमाडौँ, काभ्रेका ८ गुम्बा तथा विहारलाई आज एक कार्यक्रमका बीच काठमाडौँको बौद्धमा करिब ७ लाख रुपैयाँ सहयोग अर्पण गरिएको छ । कोरोनाका कारण विभिन्न पूजापाठ तथा दाताहरुबाट सहयोग सहजरुपमा आउन नसकेका कारण परेको आर्थिक कठिनाईमा नेपाल बौद्ध संघको तर्फबाट सानो सहयोग प्रदान गरिएको संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले बताए ।

सहयोग रकम नेपाल बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका अध्यक्ष खेन्पो गेशे थुप्टेन जिक्डोलको हातबाट प्रदान गरिएको थियो । पछिल्लो विषम परिस्थितिमा संघले गरेको आर्थिक सहयोग निकै सकरात्मक भएको गुम्बा तथा विहारका प्रतिनिधिले बताए ।

नेपाल बौद्ध संघबाट सहयोग पाउने गुम्बा तथा विहार

  1. Nepal Buddhist Nunnery
  2. Azom Monastery
  3. Karma Ngedhon OCN
  4. Sharminub Institute
  5. Sangchen Rapten Norbuling
  6. Dhagpo Sheydrub
  7. Sherpa Gumba (UDC)
  8. Vishwa Shanti Vihara

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘मिस युनिभर्स नेपाल’ मा विवाहित, आमा र जुनसुकै तौलकाले सहभागी हुन पाउने
‘मिस युनिभर्स नेपाल’ मा विवाहित, आमा र जुनसुकै तौलकाले सहभागी हुन पाउने
आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत
आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत
प्रदेश मुकाम नभएपछि ‘आर्थिक राजधानी’ बनाउन हौसिए चितवनवासी
प्रदेश मुकाम नभएपछि ‘आर्थिक राजधानी’ बनाउन हौसिए चितवनवासी
काेराेना त्रास : सांसदको तापक्रम परीक्षण
काेराेना त्रास : सांसदको तापक्रम परीक्षण
बाबुरामबारे प्रचण्डको टिप्पणी : ‘ज्ञान भएको, बुद्धि नभएको मान्छे, अहिलेपनि तपाईको माया लाग्छ’
बाबुरामबारे प्रचण्डको टिप्पणी : ‘ज्ञान भएको, बुद्धि नभएको मान्छे, अहिलेपनि तपाईको माया लाग्छ’
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
Ex-Bigg Boss contestant Rohan Mehra blasts airline for abusing his female co-passenger!
Ex-Bigg Boss contestant Rohan Mehra blasts airline for abusing his female co-passenger!
सुन्दा हेर्दा अनौठो र विवादित लाग्ने अमेरिकी चुनाव
सुन्दा हेर्दा अनौठो र विवादित लाग्ने अमेरिकी चुनाव
विप्वल समूहसँग वार्ताको पहल भइरहेको छ : गृहमन्त्री
विप्वल समूहसँग वार्ताको पहल भइरहेको छ : गृहमन्त्री
योगेश भट्टराई भन्छन् भरतपुरमा माओवादीको उम्मेदवारी खारेज गर्नुपर्छ
योगेश भट्टराई भन्छन् भरतपुरमा माओवादीको उम्मेदवारी खारेज गर्नुपर्छ