कावासोतीमा बस दुर्घटना, एकको मृत्यु, २५ घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
कावासोतीमा बस दुर्घटना, एकको मृत्यु, २५ घाइते

सारांश

  • नवलपुर, ५ पुस ।
  • नवलपुरको कावासोतीमा आज बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
  • काकडभिट्टाबाट बुटवल जाँदै गरेको ना ४ ख ७०४६ नम्बरको बस झिनकी भणरिनिया खोलामा खसेको हो ।

नवलपुर, ५ पुस । नवलपुरको कावासोतीमा आज बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

काकडभिट्टाबाट बुटवल जाँदै गरेको ना ४ ख ७०४६ नम्बरको बस झिनकी भणरिनिया खोलामा खसेको हो । बस खोलामा खस्दा भारतको महाराजगंज घर भएका ३५ वर्षीय गौरीशंकर धोवीको मृत्यु भएको छ ।

घाइते मध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरुले जनाएको छ । घाइतेहरुको भरतपुर, बुटवल र स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?