फेसबुकबाट बनेका अपरिचित साथीले ५५ लाख ८५ हजार रुपैयाँ ठगे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ६, २०७४
|
|
१९ पटक हेरिएको
Shares
फेसबुकबाट बनेका अपरिचित साथीले ५५ लाख ८५ हजार रुपैयाँ ठगे

सारांश

  • सामाजिक संजाल फेसबुकमा भेटिएको साथीको लहलहिमा लाग्दा दाङको लमहीकी एक महिला नराम्ररी गठिएकी छिन् ।
  • लमहि नगरपालिका–५ कि स्थानीय सुजाता केसी पौडेललाई फेसबुकबाट बनेका अपरिचित साथीले ५५ लाख ८५ हजार रुपैयाँ ठगेका हुन् ।
  • सुजातालाई ठगी गरेको अभियोगमा प्रहरीले ललितपुर उपमहानगरपालिका–४ धोबिघाटका ३४ वर्षीय दिनेश बस्नेत, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ घर भई हाल लाजिम्पाट बस्ने ३७ वर्षीय रबि थोकर र ललितपुर लगनखेल बस्ने २१ वर्षीय पुरन घर्तिमगर भन्ने सुमन लामालाई बिहीबार महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेपछि यो घटना सार्वजनिक भएको हो ।

सामाजिक संजाल फेसबुकमा भेटिएको साथीको लहलहिमा लाग्दा दाङको लमहीकी एक महिला नराम्ररी गठिएकी छिन् । लमहि नगरपालिका–५ कि स्थानीय सुजाता केसी पौडेललाई फेसबुकबाट बनेका अपरिचित साथीले ५५ लाख ८५ हजार रुपैयाँ ठगेका हुन् ।

सुजातालाई ठगी गरेको अभियोगमा प्रहरीले ललितपुर उपमहानगरपालिका–४ धोबिघाटका ३४ वर्षीय दिनेश बस्नेत, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ घर भई हाल लाजिम्पाट बस्ने ३७ वर्षीय रबि थोकर र ललितपुर लगनखेल बस्ने २१ वर्षीय पुरन घर्तिमगर भन्ने सुमन लामालाई बिहीबार महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेपछि यो घटना सार्वजनिक भएको हो ।

प्रहरी महासाखाका अनुसार करिब एक वर्ष अघिदेखि इयुयान्स स्मिथ नामको बेलायती नागरिक भएको परिचय दिँदै फेसबुकमा साथी बनेका उनीहरुले सुजातालाई ठगीको जालनमा फसाएको हो ।

स्मिथको नाममा कुराकानी गरेर विश्वासमा पारेपछि उनीहरुले भारतीय मोबाइलबाट फोन गरी तिम्रो नाममा बैंक अफ अमेरिकाको दिल्ली शाखाबाट १.७ मिलियन डलर पठाएको भनेर झुक्याएका थिए ।

उनीहरुले त्यो रकम लिनका लागि भारतीय नियम अनुसार कर तिर्नका लागि ५५ लाख ८५ हजार रुपैयाँ माग गरेका थिए । ठगीको जालमा परेपछि सुजाताले जगदीश आचार्य र पुरन घर्तीमगरकै खाताबाट रकम पठाइदिएकी थिइन् ।

त्यसैगरी रामकुमार शेर्पा, सञ्जिव महर्जनसमेतको नामबाट सुजाताले आईएमई र बैंकबाट पटक पटक गरी ५५ लाख ८५ हजार रुपैयाँ पठाए पनि आफु ठगिएको उनले थाहा नै पाईनन् ।

जब उनीहरुले एकैजनाबाट आधा करोड भन्दा धेरै रकम ठग्न सफल भए त्यसपछि उनीहरु वेपत्ता भएका उनिहरुबाट गठिएको थाहा पाएपछि उनले प्रहरीमा उजुरी दिएकी थिईन् । उजुरी परेपछि उनीहरुलाई पक्राउ गरेर ठगी मुद्दामा आवश्यक अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
महेश बस्नेत भक्तपुर प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं २ बाट सर्बसम्मत उम्मेदवार सिफारिस
महेश बस्नेत भक्तपुर प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं २ बाट सर्बसम्मत उम्मेदवार सिफारिस
मिसन टि-ट्वान्टि वर्ल्डकप २०२०ः पहिलाे चरणकाे छनाेट खेलका लागि नेपाली टाेलि बन्द प्रशिक्षणमा !
मिसन टि-ट्वान्टि वर्ल्डकप २०२०ः पहिलाे चरणकाे छनाेट खेलका लागि नेपाली टाेलि बन्द प्रशिक्षणमा !
यूएस-बंगाल जहाज दुर्घटनामा मुख्य दोषी को? आयो प्रतिवेदन
यूएस-बंगाल जहाज दुर्घटनामा मुख्य दोषी को? आयो प्रतिवेदन
चिनियाँ रेल कसरी नेपाल आउँछ र कति लागत लाग्छ ?
चिनियाँ रेल कसरी नेपाल आउँछ र कति लागत लाग्छ ?
तेह्र सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
तेह्र सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
मोरङ,अछाम,गुल्मी,इटहरी को ताजा पारीणाम
मोरङ,अछाम,गुल्मी,इटहरी को ताजा पारीणाम
तीनवर्षे बिबिएस प्रथम वर्षको आंशिक परीक्षाको परीक्षाफल आज प्रकाशित
प्रि ओपन सेसन अपडेटः ९.७४ अंक बढ्यो नेप्से
प्रि ओपन सेसन अपडेटः ९.७४ अंक बढ्यो नेप्से
कपिलवस्तुमा ४ सय कर्मचारीहरु आन्दोलीत । कामकाज प्रभावीत
कपिलवस्तुमा ४ सय कर्मचारीहरु आन्दोलीत । कामकाज प्रभावीत

तपाईंले छुटाउनुभयो कि?