मिसन टि-ट्वान्टि वर्ल्डकप २०२०ः पहिलाे चरणकाे छनाेट खेलका लागि नेपाली टाेलि बन्द प्रशिक्षणमा !
सारांश
- काठमाडाैँ, ४ असाेज ।
- नेपाली राष्ट्रिय क्रिकेट टाेलि टि-ट्वान्टि विश्वकप २०२० उप क्षेत्रिय छनाेट प्रतियाेगिताका लागि बिहिबार देखि बन्द प्रशिक्षणमा बस्ने भएकाे छ ।
- साेमबार नेपालका लागि १८ सदस्यीय टाेलि सार्वजनिक गरिएकाे थियाे ।
काठमाडाैँ, ४ असाेज । नेपाली राष्ट्रिय क्रिकेट टाेलि टि-ट्वान्टि विश्वकप २०२० उप क्षेत्रिय छनाेट प्रतियाेगिताका लागि बिहिबार देखि बन्द प्रशिक्षणमा बस्ने भएकाे छ । साेमबार नेपालका लागि १८ सदस्यीय टाेलि सार्वजनिक गरिएकाे थियाे । सरद भेस्वाकरले टाेलिमा पुनरागमन गरेका छन् भने युवा खेलाडी राेहित पाैडेल १९ वर्ष मुनिकाे एसिया कपका लागि बन्द प्रशिक्षणमा बसेनन् ।
पारस खड्काकाे कप्तानीमा नेपाली टाेलि अर्काे हप्ता मलेसिया प्रस्थान गर्नेछ ।

अक्टाेबर ३ देखि मलेसियामा हुन लागेकाे प्रतियाेगितामा नेपालले अायाेजक मलेसियासँगै भुटान, म्यानमार, चीन, सिङापुर र थाइल्यान्डकाे सामना गर्नेछ । तुलनात्मक रुपमा प्रतियाेगितामा सबैभन्दा बलियाे देखिएकाे नेपाललाई अन्तम ३ मा रहँदै अर्काे चरणकाे छनाेट खेलका लागि छानिन कुनै समस्या नहुने अाँकलन गरिएकाे छ । विश्व कपकाे एसिया छनाेटका लागि युएइ कुवेत र कतार यस अघि नै छनाेट भैसकेका छन् ।

नेपाल विश्वकपमा छनाेट हुने प्रक्रियाः
– यो “बि” समुहको एसियाली सब रिजनल सेलेक्सन बाट ३ टिम एसियन रिजनल सेलेक्सनमा पुग्नेछन । एसियाली “ए” समुहको सब रिजनल सेलेक्सनबाट छनोट भई युएई, कुवेत, कतार एसियाली रिजनल छनोटमा पुगिसकेका छन ।
– “ए” र “बि” गरि दुबै एसियन सब रिजनल सेलेक्सनबाट आउने ६ टिमहरु बिच एसियाली रिजनल छनोट हुनेछ, जसबाट २ टिम मात्र टि-२० बिश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुग्नेछन ।
– एसियाका २ सहित बाँकी रिजनका ६ र २०१८ डिसेम्बर सम्मको ११-१६ र्यान्क हुने ६ गरि कुल १४ टिम बिच ग्लोबल क्वालिफायर हुनेछ ।
– उक्त ग्लोबल क्वालिफायरबाट ६ टिम बिश्वकपमा पुग्नेछन
नेपालको खेल तालिका
१. पहिलो खेल : नेपाल र म्यानमार/अक्टोबर ३
२. दोश्रो खेल : नेपाल र मलेसिया/अक्टोबर ६
३. तेश्रो खेल : नेपाल र थाइल्यान्ड/अक्टोबर ७
४. चौथो खेल : नेपाल र भुटान/अक्टोबर ९
५. पाचौ खेल : नेपाल र चिन/अक्टोबर १०
६. छैठौ खेल : नेपाल र सिङ्गापुर/अक्टोबर १२
विश्वकप २०२० मा अष्ट्रेलियामा हुँदैछ । नेपालले यसअघि २०१४ काे टि-ट्वान्टि विश्वकप खेलेकाे थियाे ।
प्रतिक्रिया