एकै परिवारका चार जना सदस्यको रहस्यमय मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
एकै परिवारका चार जना सदस्यको रहस्यमय मृत्यु

सारांश

  • बनेपा : काभ्रे बनेपा नगरपालिका–८ स्थित एकै परिवारका चार जना सदस्यको मृत्यु भएको छ ।
  • शुक्रबार राति ९ बजेको समयमा बनेपा बसपार्कमा रहेको गौतम भोजानलमा उनीहरुको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएपी नविनराज राईले जानकारी दिनभयो।
  • उहाँका अनुसार मृत्युहुनेहरुमा ६५ वर्षीय बाबु हरि भक्त दाहाल,उनकी ६० वर्षीया श्रीमती हिरामाया, ३२ वर्षीय छोरा राजाराम दाहाल र २५ वर्षीया छोरी रञ्जना दाहालको मृत्यु भएको जानकारी दिनुभयो ।

बनेपा : काभ्रे बनेपा नगरपालिका–८ स्थित एकै परिवारका चार जना सदस्यको मृत्यु भएको छ । शुक्रबार राति ९ बजेको समयमा बनेपा बसपार्कमा रहेको गौतम भोजानलमा उनीहरुको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएपी नविनराज राईले जानकारी दिनभयो।

उहाँका अनुसार मृत्युहुनेहरुमा ६५ वर्षीय बाबु हरि भक्त दाहाल,उनकी ६० वर्षीया श्रीमती हिरामाया, ३२ वर्षीय छोरा राजाराम दाहाल र २५ वर्षीया छोरी रञ्जना दाहालको मृत्यु भएको जानकारी दिनुभयो । होटलको कोठामा शव छुट्टा छुट्टै अवस्थामा रहेको इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक अनिल घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटना बारे जानकारी पाए लगतै खोजतलास गर्ने क्रममा उनीहरुको शव फेला परेको होे । ‘कोठामा छोरी सजनाको शव टेवलमा र अन्य तीन जनाको भुइँमा मुखबाट फिज आएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो ‘कोठा भित्रबाट लक गरेको थियो सटर फोरेर हामी भित्र प्रबेश गर्दा चार जनाको लाश फेला परेको प¥यो ।

कुनै शंकास्पद बस्तु फेला नपरेपनि विषका कारण उनीहरुको मृत्यु भएको हुनसक्ने बताउनुभयो । ‘हामी अनुसन्धानका क्रममा छौ । बाकी पोष्टमार्टम र छानवीन पछि थाहा हुन्छ ।’ प्रहरीले उक्त भोजनालयबाट एक लाख रुपैयाँ नगद समेत फेला पारेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?