हरेक नेपालीको टाउकोमा कति ऋण होला ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ९, २०७७
|
|
३८ पटक हेरिएको
Shares
हरेक नेपालीको टाउकोमा कति ऋण होला ?

सारांश

  • सोमबार नेपाल राष्ट्रबैँकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रत्येक नेपालीको टाउकोमा ४७ हजार २ सय ३ रुपैयाँ ऋणभार परेको छ ।
  • राष्ट्र बैंकको तथ्यांकले राष्ट्र ऋण ३५ दशमलब चार पाँच प्रतिशतले बढेको देखाएको हो ।
  • नेपालको राष्ट्र ऋण बढेर १४ खर्ब १९ अर्ब पुगेको छ ।

सोमबार नेपाल राष्ट्रबैँकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रत्येक नेपालीको टाउकोमा ४७ हजार २ सय ३ रुपैयाँ ऋणभार परेको छ । राष्ट्र बैंकको तथ्यांकले राष्ट्र ऋण ३५ दशमलब चार पाँच प्रतिशतले बढेको देखाएको हो । नेपालको राष्ट्र ऋण बढेर १४ खर्ब १९ अर्ब पुगेको छ ।

गत आर्थिक वर्ष २०७६–७७ मा कुल गार्हस्थ्य उत्पादनमा ऋणको हिस्सा बढेर ३७ दशमलब सात प्रतिशत पुगेको छ । सरकारले लिएको आन्तरिक र वाह्य ऋणलाई नेपालको कुल जनसंख्याले भाग गर्दा नेपालीको टाउको ४७ हजारभन्दा बढी ऋणको भार परेको हो । सरकारले गत आवमा १ खर्ब ९४ अर्ब ६४ करोड आन्तरिक ऋण परिचालन गरेको छ भने ३४ अर्ब ४० करोड साँवा भुक्तानी गरेको छ । शोधनान्तर बचत २ खर्ब ८२ अर्ब ४१ करोड पुगेको जनाएको छ ।

मूल्यबृद्धि ६ प्रतिशतको लक्ष्यबाट केही बढेर ६ दशमलव १५ प्रतिशतमा उक्लिएको छ । विदेशबाट भित्रने रेमिट्यान्समा ० दशमलब ५ प्रतिशतको गिरावट आएर ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६ दशमलब ५ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीामा जानेको संख्या पनि गत वर्ष गिरावट आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘Sonu Ke Titu Ki Sweety’ actress Nushrat Bharucha was allegedly harassed by a fan at an event!
‘Sonu Ke Titu Ki Sweety’ actress Nushrat Bharucha was allegedly harassed by a fan at an event!
प्रदेशका समानुपातिक सांसद आजदेखि पक्का
प्रदेशका समानुपातिक सांसद आजदेखि पक्का
एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग
एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग
कम्युनिष्ट पार्टीको सचिवालय बैठक शुरु
कम्युनिष्ट पार्टीको सचिवालय बैठक शुरु
आदिवासी/जनजाति पत्रकार महासंघको छैठौं महाधिवेशन चैतमा
आदिवासी/जनजाति पत्रकार महासंघको छैठौं महाधिवेशन चैतमा
स्थायी कमिटीलाई ओलीको पत्र : प्रचण्डको प्रतिवेदनको औचित्य छैन
स्थायी कमिटीलाई ओलीको पत्र : प्रचण्डको प्रतिवेदनको औचित्य छैन
डिएसपी हुँदा चक्रे मिलनका सहयोगी खनालले गोरे बाट सात करोड लिए,सर्बेन्द्र खनालको नाम यसरी बेचे
डिएसपी हुँदा चक्रे मिलनका सहयोगी खनालले गोरे बाट सात करोड लिए,सर्बेन्द्र खनालको नाम यसरी बेचे
पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !
पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !
सुनको मुल्य फेरी बढ्यो
सुनको मुल्य फेरी बढ्यो
कोइला अभाव भएपछि सिमेन्ट उत्पादन बन्द
कोइला अभाव भएपछि सिमेन्ट उत्पादन बन्द

तपाईंले छुटाउनुभयो कि?