ब्रेथलाइजरकाे अभावमा सुँघेरै मापसे जाँच !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
५३ पटक हेरिएको
Shares
ब्रेथलाइजरकाे अभावमा सुँघेरै मापसे जाँच !

सारांश

  • बाँके, १६ साउन ।
  • मादक पदार्थ सेवन (मापसे) जाँच्ने ब्रेथलाइजर मेशिन नहुँदा ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको छ ।
  • थोरै संख्यामा भएका ब्रेथलाइजर मेशिन पनि बिग्रिएका कारण ट्राफिक प्रहरीले अहिले सुँघेरै मापसे जाँच गर्नुपरिहरेको छ ।

बाँके, १६ साउन । मादक पदार्थ सेवन (मापसे) जाँच्ने ब्रेथलाइजर मेशिन नहुँदा ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको छ । थोरै संख्यामा भएका ब्रेथलाइजर मेशिन पनि बिग्रिएका कारण ट्राफिक प्रहरीले अहिले सुँघेरै मापसे जाँच गर्नुपरिहरेको छ । सुँघेर जाँच गर्दा ट्राफिक प्रहरीलाई अन्य रोग सर्ने खतरासमेत उत्तिकै छ । प्रदेश नं ५ ट्राफिक कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकी ब्रेथलाइजर मेशिन नहुँदा सुँघेरै जाँच्नुपर्ने अवस्था रहेको बताउँछन् । उनले भने, “ब्रेथलाइजर मेशिन अभावमा ट्राफिक प्रहरी र नागरिकबीच वैमनस्यता सिर्जना हुने गरेको छ । मापसे नगरेका सर्वसाधारण अनावश्यक दुःख दिएको भन्दै ट्राफिक प्रहरीसँग रिसाउने गरेका छन् ।”

मापसे गरे÷नगरेको सुँघेरै थाहा पाउनुपर्ने हुँदा जाँच गर्ने क्रममा थोरै मात्रामा मापसे सेवन गरेका नागरिकलाई पनि स्वास्थ्य जाँचका लागि अस्पताल पु¥याउनुपर्ने ट्राफिक प्रहरीको बाध्यता रहेको छ । प्रहरी नायव उपरीक्षक बुढाथोकी भन्छन्, “मापसे गरेका सबैलाई स्वास्थ्य जाँच गर्न अस्पताल पु¥याउनुपर्ने समस्यासँगै उनीहरुलाई थुनेर राख्न नमिल्ने भएकाले जाँचस्थलमै आफन्त बोलाएर जिम्मा लगाउनु परिरहेको छ ।” सुँघेर जाँच गर्नुगर्दा मापसे गरे पनि नगरेको भनेर सर्वसाधारणले जिद्दी गरेपछि ट्राफिक प्रहरीले थप समस्या झेल्नुपरेको छ । “सुँघेर मापसे गरे÷नगरेको जाँच गर्दा प्रमाण नै हुँदैन,” बुढाथोकीले भने, “सर्वसाधारणले जिद्दी गर्ने हुँदा यकिन गर्न झन्झटिलो हुनुका साथै सुँघेको भरमा कारबाही गर्न मिल्दैन ।” उनले प्रमाण जुटाउन स्वास्थ्य जाँच वा सर्वसाधारणलाई कारबाहीबाट छुटकारा दिनु परिरहेको बताए। मुख नजिकै नाकले सुँघ्नुपर्दा यदि चालकलाई घातक सरुवा रोग लागेको भए मारमा पर्ने जोखिम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकाया बताउँछन् ।

“ब्रेथलाइजर मेशिन नहुँदा सधैँ नागरिकसँग विवाद हुने गरेको छ । जाँचका क्रममा सुँघ्न खोज्दा सवारीसाधनको चालकले विवाद गर्ने भएका कारण समस्या भएको छ,” रोकायाले भने, “जाँचका क्रममा जबर्जस्ती गर्न मिल्दैन ।” सुँघेर जाँच गर्दा ट्राफिक प्रहरीको स्वास्थ्यसमेत जोखिममा पर्ने गरेको उनको भनाइ छ । “जाँचमा खटिएका ट्राफिक प्रहरीलाई सरुवा रोगको जोखिम छ,” रोकायाले भने । स्वाश बाहिर फाल्न लगाएर सुँघ्नुपर्ने भएकाले सरुवा रोग सर्ने सम्भावना अत्यधिक रहन्छ । सुँघेर मापसे जाँच गर्दा सरुवा रोग लाग्न सक्ने डर हुँदाहुँदै पनि पर्याप्त प्रविधि नभएका कारण जोखिम मोल्न ट्राफिक प्रहरी बाध्य छन्।

मापसे गरी सवारीसाधन हाँक्ने घटे

मादक पदार्थ सेवन गरी गाडी चलाउनेलाई ट्राफिक प्रहरीले कारवाहीसँगै सचेनता अभियान चलाएपछि त्यस्ता चालकको सङ्ख्या घट्न थालेको छ । ट्राफिक जाँचका क्रममा कारवाहीमा पर्ने डरले सवारीसाधनका चालक सचेत भएकै कारण मापसे गरी गाडी हाँक्ने चालकको सङ्ख्या घट्दै गएको प्रहरी नायव उपरीक्षक बुढाथोकी बताउँछन् । ट्राफिक प्रहरीले मापसे गरी सवारीसाधन चलाउने चालकका लागि ट्राफिक नियमबारे सचेत गराउन रिफ्रेस सेन्टर सञ्चालन गरेको छ । यसले मापसे सेवनकर्ताको संख्या घटेको छ । “पहिला हप्तामा २०÷२२ जनालाई रिफ्रेस सेन्टरमा राखेर ट्राफिक सचेनताका बारेमा सिकाउनुपर्थ्याे भने हाल मुश्किलले ५÷७ जना मात्रै मापसे गरेर सवारीसाधन चलाएका भटिन्छन्,” प्रहरी नायव उपरीक्षक बुढाथोकीले भने ।

मदिरा सेवन गर्ने चालकलाई रातभर थुनामा राख्दा मदिरा सेवन गरी गाडी चलाउनेको सङ्ख्या ह्वात्तै घटेको उहाँको भनाइ छ । अहिले मदिरा सेवन गरे पनि घरसम्म पुग्न सक्ने अवस्थाकालाई कागजपत्र लिई कारबाही गरेर छाड्ने गरेकाले मापसे गरेर गाडी चलाउने प्रवृत्ति घटेको ट्राफिक प्रहरीको दावी छ । जरिवाना तिरेर जनचेतना कक्षामा सहभागी हुनुलाई चालकले ठूलो कारबाहीका रुपमा लिने गरेका छन् । सवारी लाइसेन्समा प्वाल पार्न थालेपछि मापसे गरेर सवारी चलाउनेको संख्या ह्वात्तै घटेको बुढाथोकीको भनाइ छ । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको अवस्था हेरेर जरिवाना गर्ने र लाइसेन्समै प्वाल पार्न थालेपछि चालक सचेत भएका हुन् ।

स्राेतः रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र मोदी बीच आज भेटवार्ता, के विषयमा हुन सक्ला छलफल ?
ओली र मोदी बीच आज भेटवार्ता, के विषयमा हुन सक्ला छलफल ?
विश्व कीर्तिमानी लाक्पा देन्डीको संघर्ष र सफलता समेट्दै पुस्तक ‘हिमालयन म्याभरीक’ सार्वजनिक
विश्व कीर्तिमानी लाक्पा देन्डीको संघर्ष र सफलता समेट्दै पुस्तक ‘हिमालयन म्याभरीक’ सार्वजनिक
महिला दिवस : व्यवहारमा लैंगिक समानताको खाँचो छ -सभामुख महरा
महिला दिवस : व्यवहारमा लैंगिक समानताको खाँचो छ -सभामुख महरा
बाढी प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री सप्तरी जाँदै
बाढी प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री सप्तरी जाँदै
मेलम्ची आयोजनामा झडपः ६ राउण्ड अश्रुग्यास प्रहार
मेलम्ची आयोजनामा झडपः ६ राउण्ड अश्रुग्यास प्रहार
संसारभरका कम्युनिष्टले नेपालको पछिल्लो अवस्था अवलोकन गरिरहेको प्रचण्डको भनाई
संसारभरका कम्युनिष्टले नेपालको पछिल्लो अवस्था अवलोकन गरिरहेको प्रचण्डको भनाई
विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त : प्रधानमन्त्री दाहाल
विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त : प्रधानमन्त्री दाहाल
प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदले सोधे ‘जुवा कसरी बौद्धिक खेल भो?’
प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदले सोधे ‘जुवा कसरी बौद्धिक खेल भो?’
प्रचण्डसंग यसकारण रूष्ट छन महरा !
प्रचण्डसंग यसकारण रूष्ट छन महरा !
मन्दिरबाट मुर्ति चोरपछि यस्तो घटना भयो
मन्दिरबाट मुर्ति चोरपछि यस्तो घटना भयो