क्षमापूजा गरी इन्द्रजात्रा मनाइदै, रथयात्रा स्थगित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १६, २०७७
|
|
२४ पटक हेरिएको
Shares
क्षमापूजा गरी इन्द्रजात्रा मनाइदै, रथयात्रा स्थगित

सारांश

  • कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रामा यस वर्ष रथ तान्न स्थगित गरेपछि क्षमा पूजा गरेर मनाइने भएको छ ।
  • कोरोनाबाट बच्न रथयात्रा स्थगित गरिएकाले इन्द्रजात्रासँग सम्बन्धित सबै मठ मन्दिरमा क्षमा पूजा गरी मनाउन लागिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले राससलाई जानकारी दिए।
  • भाद्र शुक्ल चतुर्दशीका दिन आज इन्द्रजात्राको मुख्य दिन हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रामा यस वर्ष रथ तान्न स्थगित गरेपछि क्षमा पूजा गरेर मनाइने भएको छ । कोरोनाबाट बच्न रथयात्रा स्थगित गरिएकाले इन्द्रजात्रासँग सम्बन्धित सबै मठ मन्दिरमा क्षमा पूजा गरी मनाउन लागिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले राससलाई जानकारी दिए।

भाद्र शुक्ल चतुर्दशीका दिन आज इन्द्रजात्राको मुख्य दिन हो । यस अवसरमा आज काठमाडौँ उपत्यकामा प्राचीनकालदेखि नै सार्वजनिक बिदा दिने गरिन्छ । आजैदेखि वसन्तपुर दरबार क्षेत्रमा कुमारी यात्रा शुरु हुने परम्परा थियो । यस वर्ष भने कोरोनाको महामारीका कारण यो परम्परा रोकिएको छ ।

आजको दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने गरिन्छ । भाद्र शुक्ल पूर्णिमाका दिन भदौ १७ गते कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसैगरी भदौ २१ गते नानीचा यात्रा गराइने विधि पूरा हुने प्राचीनकालदेखिको विधि छ । आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपतन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । यस वर्ष भदौ २२ गते बिहानीको ४ः०६ बजे लिङ्गो ढाल्ने साइत निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारीलगायत मन्दिरमा क्षमा पूजा गर्ने तयारी भएको संस्थान काठमाडौँ शाखाका प्रमुख सुवेदीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा भएको जिल्ला सुरक्षा समितिको बैठकले पनि जात्रा, चाड पर्व मनाउँदा भिडभाड नगर्ने निर्णय गरेको थियो । यस वर्ष रातो मच्छेन्द्रनाथको जात्रासमेत हुन सकेको छैन ।

भाद्र शुक्ल द्वादशी अर्थात् भदौ १४ गते बिहान ७ः०७ बजे नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा इन्द्रध्वजोत्थान नगरिएपछि मानन्धर समूहले इन्द्रध्वजोत्थान गरिने हनुमानढोका दरबार क्षेत्रमा क्षमा पूजा गरेको थियो ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भदौ ३ गते बुधबार रातिदेखि निषेधाज्ञा जारी गरिएपछि यस वर्ष इन्द्रध्वजोत्थानका लागि रुखसमेत काटिएको थिएन । भदौ ४ गते बिहीबार इन्द्रजात्राको लिङ्गो काट्ने साइत राति ९ः२५ बजे को दिइएको थियो । अघिल्लो बुधबार रातिदेखि नै काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि लिङ्गो नकाटिएको संस्थानले जनाएको छ ।

इन्द्रजात्रा चलाउन नसकिने भएपछि पूजा आराधना गरिने सम्बन्धित सबै मठ मन्दिरमा क्षमा पूजाको विधि भदौ १४ गतेदेखि शुरु भएको संस्थानका काठमाडौँ शाखा प्रमुख सुवेदीले बताए । इन्द्रजात्रा राजधानीका नेवार समुदायले महत्वका साथ मनाउने गरेका थिए ।रासस

(www.disabilityhelpcenter.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीविरुद्ध प्रचण्डभन्दा किन बढी आक्रामक भए माधव नेपाल
ओलीविरुद्ध प्रचण्डभन्दा किन बढी आक्रामक भए माधव नेपाल
ट्यालेन्ट मै जम्दै गायक तथा कोरियो ग्राफर डान्स किङ्ग मनिष श्रेष्ठ
ट्यालेन्ट मै जम्दै गायक तथा कोरियो ग्राफर डान्स किङ्ग मनिष श्रेष्ठ
महिलामा विषादीको उच्च सङ्क्रमण
महिलामा विषादीको उच्च सङ्क्रमण
प्रचण्ड ओलीको भेटवार्ता सकियो, यस्तो गरे निर्णय ?
प्रचण्ड ओलीको भेटवार्ता सकियो, यस्तो गरे निर्णय ?
उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई  सम्मान, स्वागत गर्न संघियमन्त्रि जनकपुरमा
उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई सम्मान, स्वागत गर्न संघियमन्त्रि जनकपुरमा
फेरि उनै महिलासँग शंकास्पद रुपमा भेटिए दोगडाकेदारका वडाध्यक्ष
फेरि उनै महिलासँग शंकास्पद रुपमा भेटिए दोगडाकेदारका वडाध्यक्ष
नदी वारपार गराएबापत बाली बुझाउने
नदी वारपार गराएबापत बाली बुझाउने
व्यापार युद्धको खतरा: चीनले व्यापार वार्ताबारे ‘सम्झौता तोडेको’ ट्रम्पको आरोप
व्यापार युद्धको खतरा: चीनले व्यापार वार्ताबारे ‘सम्झौता तोडेको’ ट्रम्पको आरोप
इलाम नगरपालिकामा २५ वर्षपछि कांग्रेसको कमब्याक
इलाम नगरपालिकामा २५ वर्षपछि कांग्रेसको कमब्याक
भैरहवामा छोरालाई सम्झिएर भावुक बने प्रचण्ड, सम्झदै के भने ?
भैरहवामा छोरालाई सम्झिएर भावुक बने प्रचण्ड, सम्झदै के भने ?

तपाईंले छुटाउनुभयो कि?