क्यालिफोर्नियामा डढेलो ९ लाख हेक्टरमा फैलियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २३, २०७७
|
|
२४ पटक हेरिएको
Shares
क्यालिफोर्नियामा डढेलो ९ लाख हेक्टरमा फैलियो

सारांश

  • संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा लागेको विशाल डढेलो यसवर्ष झण्डै ९ लाख हेक्टर जमिनमा फैलिएको छ ।
  • क्यालिफोर्निया वन विभागका अनुसार एकै मौसममा यतिठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलो पटक हो ।
  • विभागले सोमबार सार्वजनिक गरेको विवरणमा डढेलोबाट हालसम्म आठ जनाको मृत्यु भएको र तीन हजार ३०० भन्दा बढी संरचना ध्वस्त भएको उल्लेख छ ।

संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा लागेको विशाल डढेलो यसवर्ष झण्डै ९ लाख हेक्टर जमिनमा फैलिएको छ । क्यालिफोर्निया वन विभागका अनुसार एकै मौसममा यतिठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलो पटक हो ।

विभागले सोमबार सार्वजनिक गरेको विवरणमा डढेलोबाट हालसम्म आठ जनाको मृत्यु भएको र तीन हजार ३०० भन्दा बढी संरचना ध्वस्त भएको उल्लेख छ । विभागका अनुसार निकै तिब्र हावा र न्यून आद्रताले समस्या अझ जटिल बनाएको छ ।

डढेलो नियन्त्रणका लागि हाज १४ हजार १०० भन्दा बढी अग्निनियन्त्रकहरु दिनरात आगो निभाउने काममा जुटेको पनि विभागले जनाएको छ ।

लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयका जलवायू विज्ञ ड्यानिल स्वेनले यस वर्षको डढेलो क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा खतरनाक रहेको बताएका छन् । उनले सन् २०१८ को भन्दा यस वर्ष बढी क्षति गरेको पनि जानकारी दिए ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले धेरैवटा काउन्टीमा आपतकालीन स्थितिको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्ट २२ मा क्लालिफोर्नियामा विपदा घोषणा गरेका थिए । गभर्नर न्यूसमले पनि अगस्ट १८ मा राज्यव्यापी आपतकाल घोषणा गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गोपाल महतलाई गर्‍यो प्रहरीले पक्राउ
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गोपाल महतलाई गर्‍यो प्रहरीले पक्राउ
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
कोरोना कहरमा यसरी मनाऔँ हरितालिका तीज
कोरोना कहरमा यसरी मनाऔँ हरितालिका तीज
अन्तरिक्ष युगमा नेपालको प्रवेशः प्रधानमन्त्री ओली
अन्तरिक्ष युगमा नेपालको प्रवेशः प्रधानमन्त्री ओली
सभामुख महरा हाँसाेकाे पात्र बनेपछि…
सभामुख महरा हाँसाेकाे पात्र बनेपछि…
बदलिँदो शक्ति सन्तुलन: रास्वपाभित्रको नयाँ समीकरण ​वैकल्पिक राजनीतिमा नेतृत्वको संकट कि कार्यविभाजन?
बदलिँदो शक्ति सन्तुलन: रास्वपाभित्रको नयाँ समीकरण ​वैकल्पिक राजनीतिमा नेतृत्वको संकट कि कार्यविभाजन?
Conflict, Peace, and Development
Conflict, Peace, and Development
आमिर खानकी छोरीले स्वीकारिन् प्रेम सम्बन्ध, को हो प्रेमी ?
आमिर खानकी छोरीले स्वीकारिन् प्रेम सम्बन्ध, को हो प्रेमी ?
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
टेनिसले पश्चिमाञ्चललाई पहिलो स्वर्ण दिलायो…
टेनिसले पश्चिमाञ्चललाई पहिलो स्वर्ण दिलायो…

तपाईंले छुटाउनुभयो कि?