यस्ता छन् माओवादी केन्द्र सचिवालय बैठकका महत्वपूर्ण निर्णयहरू

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ८, २०७४
|
|
६० पटक हेरिएको
Shares
यस्ता छन् माओवादी केन्द्र सचिवालय बैठकका महत्वपूर्ण निर्णयहरू

सारांश

  • काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रले साताव्यापी लामो बैठकको निर्णय सार्वजनिक गरेको छ ।
  • गत सोमबारदेखि शुरु भएको केन्दीय सचिवालको बैठकका निर्णय आज पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

काठमाडौं । नेकपा माओवादी केन्द्रले साताव्यापी लामो बैठकको निर्णय सार्वजनिक गरेको छ । गत सोमबारदेखि शुरु भएको केन्दीय सचिवालको बैठकका निर्णय आज पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको हो । बैठकमा सचिवालय सदस्यका अतिरिक्त जिल्ला र प्रदेश इन्चार्ज र संयोजकहरुको समेत उपस्थिति थियो ।

निर्वाचनको समीक्षा, राजनीतिक कार्यदिशा र संगठनात्मक विषयमा केन्द्रीत छलफलको निश्कर्ष यस प्रकार रहेको पार्टीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । बैठकमा प्रचण्डले पार्टी निर्णयका बारेमा जानकारी गराएका थिए ।

बैठकका निर्णयहरुः

१. सहीदहरुप्रति श्रद्धान्जली अर्पण गर्दै अगाडि बढेको बैठकको प्रारम्भ अध्यक्ष क. प्रचण्डबाट कार्यसूचिसहित पार्टी संगठनका चुनौती र निर्वाचन परिणामको सम्बन्धबारे गम्भीर समीक्षात्मक विश्लेषण प्रस्तुत गर्दै बैठकको महत्व र भूमिकाबारे प्रकाश पार्ने काम भयो ।

२. कार्यसूचिहरुमाथि गम्भीर बहस, छलफलपश्चात बैठकले निर्वाचन परिणा अपेक्षा अनुसार नहुनुका पछाडि मुख्यतः वैचारिक राजनैतिक कार्यदिशामा स्पष्टताको कमी, पार्टी विभाजनको असर, संगठनात्मक अराजकता र कमजोर जनसम्बन्ध, बैठक बस्न नै कठिन हुने भारी भरकम कमिटिही (जसलाई भंग गर्न प्रस्तावित गरिएको छ), निर्वाचन परिचालनमा अनुभव र कुशलताको कमी, उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगको पहचिान र अधिकार स्थापित गर्ने पहल र सक्रियतामा कमी, पार्टीभित्र देखिएको गुटबन्दी र घात अन्तरघातको दुष्प्रभाव, पार्टी र पार्टी नेतृत्वको सरकारबाट भए गरेका राम्रा कामहरुको व्यवस्थिति प्रचारको कमी आदिलाई ठहर गरेको छ ।

३. आफ्ना तमाम आन्तरिक कमी कमजोरीका वावजूद जनताले पार्टीप्रति ठूलो भरोसा गरेर यथास्थितिवादीहरुको वैकल्पिक शक्तिका रुपमा स्थापित गरेको तथ्यलाई आत्मसात गर्दै र कमी कमजोरी सच्याउने प्रतिबद्धता गर्दै पार्टीका उम्मेदवारहरुलाई मतदान गर्ने लाखौं जनताप्रति हार्दिक आभारसहित धन्यवाद प्रकट गरेको छ ।

४. बैठकले पार्टी एकता प्रक्रियालाई पूर्णता दिने कुराको आवश्यकता महसुस गर्दै मुख्यतः मोहन बैद्य ‘किरण’, डा. बाबुराम भट्टराई र नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वका घटक र सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरुलाई अपील गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भागबण्डाको आधारमा प्रदेश प्रमुख तोकियो : कांग्रेस ४, मधेशवादी दल २ र राप्रपा १
भागबण्डाको आधारमा प्रदेश प्रमुख तोकियो : कांग्रेस ४, मधेशवादी दल २ र राप्रपा १
वरिष्ठ नेता नेपाल–भारतीय राजदूत भेट
वरिष्ठ नेता नेपाल–भारतीय राजदूत भेट
अल्मेरियामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित
अल्मेरियामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित
एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो : परराष्ट्रमन्त्री
एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो : परराष्ट्रमन्त्री
नेपाल पाँच विकेटले विजयी
नेपाल पाँच विकेटले विजयी
दाङ गाउँपालिका-९ मा माओवादी केन्द्रको प्यानल विजयी
दाङ गाउँपालिका-९ मा माओवादी केन्द्रको प्यानल विजयी
नेपाली युवाद्वारा युरोपको सर्वाेच्च शिखर एलब्रसको सफल आरोहण
नेपाली युवाद्वारा युरोपको सर्वाेच्च शिखर एलब्रसको सफल आरोहण
राप्रपा नेपालको आह्वान- राजसंस्था पुनर्स्थापना गर्न सामूहिक नेतृत्वको आधारमा मोर्चा निर्माण गरौँ
राप्रपा नेपालको आह्वान- राजसंस्था पुनर्स्थापना गर्न सामूहिक नेतृत्वको आधारमा मोर्चा निर्माण गरौँ
अञ्जली चन्दले राखिन् क्रिकेटमा अन्तराष्ट्रिय कीर्तिमान
अञ्जली चन्दले राखिन् क्रिकेटमा अन्तराष्ट्रिय कीर्तिमान
२० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ
२० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ