तत्काल पीसीआर परिक्षणको शुल्क नघटाए परीक्षण स्वीकृति खारेज गरिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १५, २०७७
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, असोज १५ ।
  • सरकारले पीसीआर परीक्षणको शुल्क तोकिएभन्दा बढी लिने आठ निजी प्रयोगशालालाई २४ घण्टे अल्टिमेटम दिएको छ।
  • शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गरिने भएको छ।

काठमाडौं, असोज १५ । सरकारले पीसीआर परीक्षणको शुल्क तोकिएभन्दा बढी लिने आठ निजी प्रयोगशालालाई २४ घण्टे अल्टिमेटम दिएको छ। शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गरिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयस्तरीय इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले बुधबार कारबाही गर्ने निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले एकपटक चेतावनी दिने निर्णय गरिएको जानकारी दिए। २४ घण्टामा शुल्क समायोजन नगरे प्रयोगशालाको परीक्षण स्वीकृति खारेज गरी पत्राचार गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निर्णय भएको छ।

मन्त्रालयले २ हजारभन्दा बढी शुल्क लिने प्रयोगशालालाई कालोबजारी गरेको आधारमा कारबाही गर्न गृह मन्त्रालय र वाणिज्य विभागलाई पत्राचार गरेको छ। बढी शुल्क लिने प्रयोगशालामा सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरी एन्ड रिसर्च सेन्टर, इन्टरपिड डायग्नोस्टिक सेन्टर, डिकोड जेनोमिक्स एन्ड रिसर्च सेन्टर, सूर्या हेल्थ केयर सेन्टर, बीएन्डबी अस्पताल, ह्याम्स अस्पताल, नेपाल मेडिसिटी र स्टार अस्पताल छन्।

सरकारले ५५ वटा प्रयोगशालाबाट परीक्षण गर्ने व्यवस्था गरेको छ। ४० प्रयोगशालाबाट नेसनल टेस्टिङ गाइडलाइनअनुसार परीक्षण गर्ने भनिएका व्यक्तिको निःशुल्क परीक्षण हुने व्यवस्था छ।

सरकारले भदौ २८ गते पीसीआर परीक्षणको अधिकतम शुल्क २ हजार रुपैयाँ तोकेको थियो। यसमा अतिरिक्त शुल्क जोड्न पाइँदैन। तर, निजी प्रयोगशाला सञ्चालकले दोब्बर शुल्क असुलिरहेका छन्। गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदनअनुसार विभिन्न आठ प्रयोगशालाले बढी शुल्क लिएको पाइएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली भूमिमा गाडिएको सीमास्तम्भ कांग्रेस कार्यकर्ताद्वारा तोडफोड
नेपाली भूमिमा गाडिएको सीमास्तम्भ कांग्रेस कार्यकर्ताद्वारा तोडफोड
सुरु भयो बाबुराम–उपेन्द्र बीच द्वन्द, बाबुराम भन्छन् ‘सरकार छाडौँ’, उपेन्द्र भन्छन ‘अहिले होइन’
सुरु भयो बाबुराम–उपेन्द्र बीच द्वन्द, बाबुराम भन्छन् ‘सरकार छाडौँ’, उपेन्द्र भन्छन ‘अहिले होइन’
प्रकाशमानको चेतावनी: ‘नेतृत्वले राजीनामा नदिए पार्टी विधानअनुसार अघि बढ्छौं’
प्रकाशमानको चेतावनी: ‘नेतृत्वले राजीनामा नदिए पार्टी विधानअनुसार अघि बढ्छौं’
हेर्नुस् आजका पत्रपत्रिकाका सम्पादकीय…
हेर्नुस् आजका पत्रपत्रिकाका सम्पादकीय…
प्रचण्डको विशेष परिपत्र : वडा अध्यक्ष/सदस्यबाहेकका उम्मेदवार छनौट र तालमेलसम्मको अधिकार केन्द्रलाई
प्रचण्डको विशेष परिपत्र : वडा अध्यक्ष/सदस्यबाहेकका उम्मेदवार छनौट र तालमेलसम्मको अधिकार केन्द्रलाई
कांग्रेसमा नेतृत्व परिवर्तनको प्रयास
कांग्रेसमा नेतृत्व परिवर्तनको प्रयास
ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु
ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु
हिकाष्ट कलेजलाई लक्ष्यित गरी बम
हिकाष्ट कलेजलाई लक्ष्यित गरी बम
कपिलवस्तुमा ८ बजेबाट मतगणना: मतगणनास्थलमा तारजाली नलगाइने
कपिलवस्तुमा ८ बजेबाट मतगणना: मतगणनास्थलमा तारजाली नलगाइने
आज ४ सय ३ संक्रमित थप, ४०५ जना डिस्चार्
आज ४ सय ३ संक्रमित थप, ४०५ जना डिस्चार्