सुरु भयो बाबुराम–उपेन्द्र बीच द्वन्द, बाबुराम भन्छन् ‘सरकार छाडौँ’, उपेन्द्र भन्छन ‘अहिले होइन’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १०, २०७६
|
|
३९ पटक हेरिएको
Shares
सुरु भयो बाबुराम–उपेन्द्र बीच द्वन्द, बाबुराम भन्छन् ‘सरकार छाडौँ’, उपेन्द्र भन्छन ‘अहिले होइन’

सारांश

  • सत्तारुढ दल समाजवादी पार्टीभित्र अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.
  • बाबुराम भट्टराईबीच द्वन्द्व सुरु भएको छ ।
  • पार्टी एकतासँगै सरकारमा रहने कि नरहने भन्नेबारे उनीहरुबीच विवाद सुरु भएको थियो ।

सत्तारुढ दल समाजवादी पार्टीभित्र अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच द्वन्द्व सुरु भएको छ । पार्टी एकतासँगै सरकारमा रहने कि नरहने भन्नेबारे उनीहरुबीच विवाद सुरु भएको थियो ।

समाजवादी पार्टी्निकट उच्च स्रोतले दिएको जानकारीअनुसार उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादव भने कुनैपनि हालतमा अहिले सरकारबाट बाहिरिने पक्षमा छैनन् ।

तर, बाबुरामले भने तत्काल पार्टी सरकारबाट बाहिरिनुपर्ने दबाब दिँदै आएका छन् । स्रोतले भन्यो,‘संविधान संशोधन प्रस्ताव अघि नबढाएपनि उपेन्द्रजी तत्काल सरकारबाट बाहिरिने पक्षमा हुनुहुन्न, उहाँ सरकारले संविधान संशोधन प्रस्ताव अघि बढाउनेमा पूर्ण विश्वस्त हुनुहुन्छ ।’

तत्कालिन संघीय समाजवादी फोरम नेपाल संविधान संशोधन र मधेश आन्दोलनका मुद्दा सम्बोधन गर्ने शर्तमा दुई बुँदे सहमति गरेर सरकारमा सहभागी भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?