अमिताभ बच्चनको आज ७८ औं जन्मदिन

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २५, २०७७
|
|
२८ पटक हेरिएको
Shares
अमिताभ बच्चनको आज ७८ औं जन्मदिन

सारांश

  • एजेन्सी, २५ असोज ।
  • बलिउड बादशाह अमिताभ बच्चनले आज ७८ औं जन्मदिन मनाइरहेका छन् ।
  • उनलाई आजको विशेष दिनमा विश्वभरबाट शुभकामना तथा बधाईको ओइरो लागेको छ ।

एजेन्सी, २५ असोज । बलिउड बादशाह अमिताभ बच्चनले आज ७८ औं जन्मदिन मनाइरहेका छन् । उनलाई आजको विशेष दिनमा विश्वभरबाट शुभकामना तथा बधाईको ओइरो लागेको छ । आफूलाई शुभकामना दिनेलाई अमिताभले पनि सबैलाई धन्यवाद दिएका छन् ।

अमिताभले सामाजिक सञ्जालमार्फत आफ्नो हात जोडेको तस्वीर सेयर गर्दै फरक–फरक भाषामा धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘तपाईँको उदारता र माया नै सबैभन्दा ठुलो उपहार हो । यो भन्दा धेरै केही मागन सक्दिन् ।’

बलिउड महानायक वच्चनको फ्यानसँग धेरै गहिरो नाता छ । उनी कोरोना पोजेटिभ हुँदा पनि चाडै निको होस् भनेर फ्यानहरुले प्राथना गरेका थिए । हाल अमिताभले कौन बनेगा करोडपति १२ मा होस्टको काम गरिरहेका छन् । उनी पछिल्लो पटक ‘गुलाबो सिताबो’ फिल्ममा देखिएका थिए । अब उनलाई चेहेरा र ब्रहास्त्र जस्ता ठुला फिल्ममा देख्न पाइने छ ।

(ctlsites.uga.edu)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?