मालपोत कर्मचारीको मिलेमतोमा ८ कठ्ठा जग्गा बिक्रि, बिक्रि गर्ने बाबुछोरा पक्राउ‘‘

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
मालपोत कर्मचारीको मिलेमतोमा ८ कठ्ठा जग्गा बिक्रि, बिक्रि गर्ने बाबुछोरा पक्राउ‘‘

सारांश

  • अस्बिन खड्का , २६ जेठ  ।
  • सगरमाथा राजमार्गको कदमाहा–गाईघाट सडक खण्डमा पर्ने त्रियुगा नगरपालिका ३ मोतिगडामा रहेको करिब ८ कठ्ठा जग्गा बिक्रि गर्ने बाबुछोरा पक्राउ परेका छन् ।
  • राजमार्गको जग्गा बिक्रि गरेको आरोपमा त्रियुगा नगरपालिका वडा नम्बर ३ बस्ने ८७ वर्षका शिवप्रसाद दाहाल र उनका छोरा बुद्धिप्रसाद दाहाल पक्राउ परेका हुन ।

अस्बिन खड्का , २६ जेठ  । सगरमाथा राजमार्गको कदमाहा–गाईघाट सडक खण्डमा पर्ने त्रियुगा नगरपालिका ३ मोतिगडामा रहेको करिब ८ कठ्ठा जग्गा बिक्रि गर्ने बाबुछोरा पक्राउ परेका छन् ।

राजमार्गको जग्गा बिक्रि गरेको आरोपमा त्रियुगा नगरपालिका वडा नम्बर ३ बस्ने ८७ वर्षका शिवप्रसाद दाहाल र उनका छोरा बुद्धिप्रसाद दाहाल पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नवराज भट्टले जानकारी दिए अनुसार मालपोत कर्मचारीको मिलेमतोमा राजमार्गको जग्गा बिक्रि भएको थाहा पाएपछि जग्गा बिक्रि गर्ने बाबुछोरा लाई शनिबार पक्राउ गरिएको उहाँले बताउनुभयो ।

मालपोत कार्यालयको मिलेमतोमा स्थानीय शिवप्रसादले सडकको नाममा रहेको ७ कठ्ठा १९ धुर जग्गा बिक्रि गरेका थिए त्यो जग्गा ललितपुर खोकना ३ का नेपाल डंगोल लाई १ करोड २७ लाख २० हजारमा रजिष्ट्रेसन पास गरी बिक्रि गरिएको थियो । जग्गा खरिदकर्ता डंगोलका अनुसार यस मा त्रियुगा नगरपालिका वडा ३ का अध्यक्षले समेत घरबाटोको सिफारिस गर्नु भएको छ’, डंगोलले भने ।

सडकमा जग्गा पर्छ भने कसरी उहाँले सिफारिस दिनुभयो ?’ आफूलाई जग्गा खरिदमा फसाइएको जग्गा खरिद कर्ता नेपाल डंगोलले गुनासो गर्नुभयो । ‘म जग्गा खरिद गर्ने मान्छे, नापीमा गएर नक्सा हेरेँ, दुरुस्त छ’, डंगोलले भन्नुभयो, ‘मालपोतमा गएर मोठ हेरेँ, त्यो पनि ठीक छ । मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीको मिलेमतोमा जग्गा किनबेच गरिएको र आफूलाई डेढ करोड रकम फसार्इएको डंगोलले बताए सडकमा जग्गा पर्छ भने मेरो नाममा कसरी जग्गा दर्ता गरियो ?

सरासर मालपोतका कर्मचारीको गलत निर्णयको कारण म पीडामा परेको छु
जग्गा सडकमा पर्छ भनेर आफूलाई थाहा नभएको शिवप्रसादका नाती वीरेश दाहालले भने यो जग्गा काण्डमा सरासर मालपोत कार्यालयको गल्ती छ’, दाहालले मातपोत कार्यालयको लापरबाहीबारे भने कि जब मेरो जग्गा सडकमा परेको छ भने मालपोत कार्यालयले किन पास गरिदियो त ?

उता कदमाहा गाईघाट सडक खण्ड हेर्ने सडक डिभिजन कार्यालय लहान का प्रमुख रामकुमार देवले सडकको जग्गा बिक्रि हुनै नसक्ने बताउनुभयो । सडक डिभिजनले २०६२ सालमै जग्गा प्राप्त गरिसकेको छ, सबै लेखापढी समेत भएको भन्ने बुझेको छु’, डिभिजन प्रमुख देवले भन्नुभयो, ‘१३ वर्षअघि नै नापी र मालपोतलाई लगत कट्टा गर्न भनेका थियौं, अहिले किन व्यक्तिको नाममा पास भयो, मलाई थाहा भएन ।’

मालपोत कार्यालयका प्रमुख नवराज खड्का ले मोठमा लगत रोक्का भनेर नजनाउँदा सडक नै एक व्यक्तिबाट अर्को व्यक्तिमा गएको जानकारी दिनुभयो ।

ससिम कित्ता नम्बर भएको जग्गा रहेछ’, कार्यालय प्रमुख खड्काले भने, ‘बेच्ने र किन्ने दुवै पक्ष आवश्यक प्रमाण र नगरपालिकाको वडाको सिफारिस सहित आएपछि हामीले जग्गा पास गरेका हौँ ।’उनका अनुसार जानीजानी वा प्रलोभनमा परेर वा मालपोत र नापीले समयमै काम नगर्दा सडकको जग्गा बिक्रि गरेको हुनसक्ने  भनाई छ ।

जिल्ला प्रशासन प्रमुख बिष्णु बहादुर कार्की का अनुसार सबै कुरा को अनुसन्धान हुनेछ र दोषीलाई कारबाही समेत गरिने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
प्रदेश सांसदको दवावमा हनुमन्ते करिडर निर्माण रोकिदाँ वर्षामा बाँढीले डुबाउला भन्ने त्रासमा स्थानीय
प्रदेश सांसदको दवावमा हनुमन्ते करिडर निर्माण रोकिदाँ वर्षामा बाँढीले डुबाउला भन्ने त्रासमा स्थानीय
शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित
शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित
Effective plan utmost to reduce poverty: Minister Aryal
Effective plan utmost to reduce poverty: Minister Aryal
बजारको दायाँबायाँ व्यवसायीले राखेका सामग्री हटाइँदै
बजारको दायाँबायाँ व्यवसायीले राखेका सामग्री हटाइँदै
जन्मउत्सबको अवसरमा युवसंघका नेताले गरे बृद्दाश्रम र अनाथालयमा सहयोग !
जन्मउत्सबको अवसरमा युवसंघका नेताले गरे बृद्दाश्रम र अनाथालयमा सहयोग !
मिनीट्रकको ठक्करले महिलाको मृत्यु, काठमाडौँको फोहर विसर्जनमा अवरोध
मिनीट्रकको ठक्करले महिलाको मृत्यु, काठमाडौँको फोहर विसर्जनमा अवरोध
संघीय सांसदसहित विभिन्न दलका नेतालाई एमालेमा प्रवेश गराउन ओली आज कपिलवस्तु आउँदै
संघीय सांसदसहित विभिन्न दलका नेतालाई एमालेमा प्रवेश गराउन ओली आज कपिलवस्तु आउँदै
How to get a -mail Order Bride-to-be
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)

तपाईंले छुटाउनुभयो कि?