प्रदेश नं २ का छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडानको तयारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २६, २०७७
|
|
२२ पटक हेरिएको
Shares
प्रदेश नं २ का छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडानको तयारी

सारांश

  • प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ ।
  • छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
  • प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा कार्यक्रममा २ माघ २०७६ यता बीमा गराएका छोरीको घरमा इन्टरनेट जडान गर्न लागिएको अभियानकी संयोजक प्रियङ्का यादवले जानकारी दिनुभयो ।

प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा कार्यक्रममा २ माघ २०७६ यता बीमा गराएका छोरीको घरमा इन्टरनेट जडान गर्न लागिएको अभियानकी संयोजक प्रियङ्का यादवले जानकारी दिनुभयो । गत माघ २ गतेखि प्रदेश नं २ का १३६ वटै पालिकामा छोरी शिक्षा बीमाको शिविर सञ्चालन गरिएको थियो । संयोजक यादवले अहिले छोरी बीमा गराएका घरमा इन्टरनेट जडान गर्न मोबाइल नम्बर सङ्कलन गर्ने काम भइरहेको बताउनुभयो ।

उहाँले महोत्तरीको लोहारपट्टि नगरपालिकाको छोरी शिक्षा बीमासम्बन्धी सम्पूर्ण कागजात तयार रहेकाले यस नगरपालिकाबाट छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी भएको बताउनुभयो । प्रदेशका सबै १३६ पालिकाले छोरी बीमाको कागजात तयार गरेर मुख्यमन्त्री कार्यालयमा बुझाएपछि ती सबै पालिकाका छोरीको घरमा पालैपालै इन्टरनेट जडान गरिने कार्यालयले जनाएको छ ।

सुविसु इन्टरनेट कम्पनीले बीमा भएका ती छोरीको घरमा इन्टरनेट सेवा जडान गर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ । महिला हिंसा न्यूनीकरण तथा छोरीको राम्रो शिक्षादीक्षाका लागि सञ्चालन गरिएको प्रदेश नं २ मा ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम सञ्चालनमा छ । जसमा छोरी जन्मिने बित्तिकै प्रदेश सरकारले रु ३७ हजार तिरेर रु तीन लाखको बीमा गरिदिने व्यवस्था गरिएको छ । उक्त बीमाको रकम छोरीले २० वर्षपछि पाउनेछन् । शुरुमा २०७५ मा योजना एकजना छोरीलाई १३ हजार ६४६ रुपैयाँ १५ पैसा तिरेर रु एक लाखको बीमा प्रदेश सरकारले गर्ने गरेको थियो ।

मुख्यमन्त्री कार्यालयसँग माघयता २६ हजार ९५६ छोरीको बीमा गरिएको तथ्याङ्क छ भने प्रभु बैंकसँग २८ हजार ४५७ छोरीको बीमाको तथ्याङ्क रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश सरकारले छोरी शिक्षा बीमा गर्न दुई वर्ष अर्थात् असार २०७६ सम्मका लागि प्रभु बैंकसँग सम्झौता गरेको थियो । जसमा २ माघ २०७६ देखि छोरीको बीमा गराउनेको घरमा निःशुल्क इन्टरनेट जडान गर्ने पनि सम्झौता गरिएको थियो ।

प्रभु बैंकसँगको सम्झौताका मिति सकिएकाले पुनः अर्को सम्झौताका लागि टेन्डर आह्वान गर्न असोज २१ गते बेटी पढाऊ, बेटी बचाऊ निर्देशक समितिको बैठक बसेको थियो । मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा रहेको १३ सदस्य समितिको बैठकले पुनः छोरी शिक्षा बीमा शुरु गर्ने, प्रभावकारी ढङ्गले अगाडि बढाउने, इन्टरनेट जडान गर्ने लगायतका विषयमा छलफल तथा निर्णय भएको अभियानकी संयोजक यादवले जानकारी दिनुभयो ।

अब अर्को बैंकसँग छोरी शिक्षा बीमासम्बन्धी सम्झौता भएपछि बीमा कार्यक्रम शुरु हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

The Advantages Of Everyday Dating
ओलीको ‘असंवैधानिक कदम’ विरुद्ध जुधेको नेता नै प्रधानमन्त्री बन्ने प्रचण्डको संकेत
ओलीको ‘असंवैधानिक कदम’ विरुद्ध जुधेको नेता नै प्रधानमन्त्री बन्ने प्रचण्डको संकेत
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड
ठूला दलको सिण्डिकेट तोड्नुपर्छः राजेन्द्र लिङ्देन
ओम्नीलाई कालोसूचिमा राख्ने निर्णय कायान्वयन नगर्न आदेश
ओम्नीलाई कालोसूचिमा राख्ने निर्णय कायान्वयन नगर्न आदेश
फुर्सदको सयमा केरा र सुन्तला खेती गर्दै विद्यार्थी
फुर्सदको सयमा केरा र सुन्तला खेती गर्दै विद्यार्थी
प्रदेशको राजधानी र नामकरणबारे सुझाव संकलन, युवाहरूद्वारा विरोध
प्रदेशको राजधानी र नामकरणबारे सुझाव संकलन, युवाहरूद्वारा विरोध
बाल यौन दुराचारमा रामबहादुर बम्जनलाई १० वर्ष कैद
बाल यौन दुराचारमा रामबहादुर बम्जनलाई १० वर्ष कैद
एक नम्बर प्रदेशमा, लिम्बूवानको मुद्धा अब के होला ?
एक नम्बर प्रदेशमा, लिम्बूवानको मुद्धा अब के होला ?
जातीय द्वन्द्वको खेती गर्नेलाई बेलैमा चिनौं : प्रधानमन्त्री
जातीय द्वन्द्वको खेती गर्नेलाई बेलैमा चिनौं : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?