बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको जवाफः ‘गैरजिम्मेवार अभिव्यक्ति दिएको मैलेपनि सुनेको छु’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ३०, २०७७
|
|
२४ पटक हेरिएको
Shares
बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको जवाफः ‘गैरजिम्मेवार अभिव्यक्ति दिएको मैलेपनि सुनेको छु’

सारांश

  • काठमाडौ, असोज ३० ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री ‘बूढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने बाबुराम भट्टराईको अभिब्यक्तिलाई गैर जिम्मेवारपूर्ण अभिव्यक्ति भन्दै खण्डन गरेका छन् ।
  • नेपाल प्रहरीको ६५ औँ प्रहरी दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री भट्टराईले निर्णय नभएको र कसैले नलिएको आयोजनामा यति अर्ब बाँडेर खाए भन्दै निराधार कुरा गरेको बताए ।

काठमाडौ, असोज ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री ‘बूढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने बाबुराम भट्टराईको अभिब्यक्तिलाई गैर जिम्मेवारपूर्ण अभिव्यक्ति भन्दै खण्डन गरेका छन् । नेपाल प्रहरीको ६५ औँ प्रहरी दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री भट्टराईले निर्णय नभएको र कसैले नलिएको आयोजनामा यति अर्ब बाँडेर खाए भन्दै निराधार कुरा गरेको बताए ।

‘नेपाल सरकारले भ्रष्टाचारविरुद सुन्य सहनशिलताको नीति लिएको छ। केही गैर जिम्मेवार तत्वहरुले गैरजिम्मेवार तरिकाले बोलेर हिडेको पनि मैले सुनेको छु।’ ओलीले भने, ‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यारम्भ नभएको आयोजनामा पूर्व प्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री समेतले यति अर्ब बाडेर खाए भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु।’

प्रधानमन्त्री ओलीले देश र जनतालाई गलत सूचना दिएर पूर्व प्रधानमन्त्री भट्टराईले भड्काउने कुचेष्टा गरेको समेत आरोप लगाए। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले केही दिनअघि मात्र बूढी गण्डकी जलविद्युत् परियोजनामा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले मिलेर नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?